Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैंक र साइमेक्स इंकवीच संझौता

काठमाडौं। कुमारी बैंकले बीवाइडीको गाडीहरु खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिने भएको छ। बीवाइ गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र कुमारी बैंकबीच बिवाइडीका इलेक्ट्रिक गाडी खरिदका ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कुमारीले बीवाइडीका इलेक्ट्रिक कार किन्ने ग्राहकका लागि ८ वर्ष सम्मको अवधिका लागि गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। बैंकका नेपालभर रहेका शाखाहरुमार्फत ऋण सुविधा प्राप्त हुने बैंकले जानकारी दिएको छ।
हालै नेपाल भित्रिएको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी एट्टो ३ का लागि सुरुमा १२ लाख ९८ हजार रुपैयाँ मात्र तिरे पुग्ने छ।
त्यसैगरी सबैभन्दा लामो रेन्ज दिने इभी बीवाइडी अल न्यु ई ६ ११ लाख ८० हजारमै लिन सकिने साइमेक्स इंकले जनाएको छ।
साइमेक्स इंककी प्रबन्धक निर्देशक यमुना श्रेष्ठले बीवाइडी ग्राहकलाई उच्च गुणस्तरीय, वातावरणमैत्री सवारी साधन उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिईन् ।


सम्बन्धित समाचार