Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैङ्कले ल्यायो क्यूआर पेमेन्ट प्रविधि

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले आफ्ना ग्राहकलगायत सर्वसाधारणलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्टसम्बन्धी सहकार्य गरेको छ । आधुनिक सूचना प्रविधिको प्रयोग गरीे दैनिक आवत–जावत सहज बनाउनका लागि सारथीका ट्याक्सीहरूमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैङ्कले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैङ्क खातामा जम्मा भई बचत हुने र उक्त निक्ष्ोपमा प्राप्त हुने व्याजको समेत लाभ हुनेछ । यसै गरी ग्राहकवर्गहरूले पनि बायोमेट्रिक लगइनमार्फत् सुरक्षित र नगदरहित भुक्तानी गर्न सक्ने छन् ।
ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको हो । सो पेमेन्टमा ग्राहकहरूले कुमारी बैङ्कको मोबाइल बैङ्किङ एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैङ्क र वालेटबाट पनि सीधै भुक्तानी गर्न सक्ने छन् । बैङ्कले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास व्याकको योजना पनि ल्याएको छ । उक्त योजनाअनुरूप हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले रू. १५ सम्मको बोनस तथा ग्राहकले रू. २० सम्मको क्यास व्याक प्राप्त गर्ने छन् । आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैङ्कको रूपमा दर्शाउन कुमारी बैङ्कले आफ्ना देशभर रहेका १०३ शाखा सञ्जाल, ९३ एटीएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैङ्किङ इकाइहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरू दिँदै आएको बैङ्कले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।