Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुम्ल्याएपछि हटाइए धिरु

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषधि लिएर हिँड्नुले पनि पुष्टि गर्दछ । तर प्रम ओलीलाई कसले सन्काएर धिरुजस्ता विवादास्पद डिआईजीलाई बढुवा गरी एआईजी बनाए त्यो भने खोजीको विषय बन्दैछ । प्रहरी तालिम केन्द्रको आर्जनमा मस्ती गदागर्दै एआईजी धिरु बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्मा थन्क्याईएको छ । डिआईजी हुँदा प्रहरी तालिम केन्द्रको उचित व्यवस्थापन गरेका एआईजी पुस्कर कार्कीलाई त्यही पठाइएको छ । प्रहरी संगठनमा व्यवसायिक हाकीमको रुपमा परिचित एआइजी पुस्कर कार्कीले हल्ला नगरीकन प्रहरी प्रशिक्षण प्रतिष्ठानको व्यापक सुधार गरेका थिए । बस्नेतले प्रतिष्ठानको जिम्मेवारी लिएपछि आन्तरिक व्यवस्थापन सुधार्नु सट्टा झन् भद्रगोल बनाएको सिकायत आईजीपी सर्वेन्द्र खनालसम्म पुगेको थियो । प्रहरीमा सुधारको काम थालेका आइजीपी सर्वेन्द्र खनालले एआईजी पुस्करलाई नै प्रशिक्षणको जिम्मा दिनुमा विशेष अर्थ छ । कार्कीले अघिल्लो कार्यकालमा आन्तरिक भद्रगोल हटाएका थिए । अधिकृतहरूको कोर्ष खडा गर्ने तल्लो तहको तालिम प्रकृयामा सुधार ल्याउने जस कार्कीलाई जान्छ । प्रतिष्ठानको भौतिक संरचनावाट सरकारले तालिम केन्द्रको जमिन राष्ट्रपति कार्यालयमा सुम्पेको छ ।
कहाँ परियो भन्दा पनि काम गर्न खट्ने एआइजी कार्कीको पहिचान हो । प्रहरीले गत साता दुई प्राविधिक र एक प्रशासन गरी तीन जना डिआइजीको बढुवा गरेको हो । प्रहरीमा दुईजना एआइजीको दरवन्दी थप्ने तयारी हुँदैछ । प्रहरी संगठनको संख्यात्मक परिचालमा कमाण्डरको अर्थ रहन्छ । प्रशासन, कार्य विभाग महानगरीय आयुक्त कार्यालय, अपराध अनुसन्धानमा एआइजीकै दरवन्दी जरुरी छ । ठुले राई, पुष्कर कार्की, धीरु बस्नेत एआइजी भए । राईलाई सक्षम मानिँदैन भने बस्नेत जहाँ गयो त्यहाँ फोहोर गर्ने हाकीम हुन् । बस्नेतको व्यवहार यस्तो भष्मशुर छ भन्ने जान्दाजान्दै प्रम ओलीले डिआइजी मनोज न्यौपानेहरूलाई अन्याय गरेका थिए । बस्नेतभन्दा न्यौपाने वरिष्ठ हुन् । त्यही कारण आइजीपी खनालले आफ्नै सचिवालयमा न्यौपानेलाई राखेका हुन् । राष्ट्रिय सुरक्षा परिषद् दभनेको संगठनमा विवादीत दुर्गन्धितहरूलाई सुधार्न पठाइने सुधारगृह हो । सेनाको नेतृत्व रहने परिषदमा सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका हाकीमहरू खटाइने गरिन्छ । बस्नेतले आवासगृहमै ठेकेदार बोलाएर घुस संकलन गर्ने गरेको चर्चा थियो ।