Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानको कार्यकाल भोलिसम्म, हल्लाले वास्तविकता छाेपिएपछि…..

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको भनिए पनि पद बहाली मितिका आधारमा उनको कार्यअवधि भदौ ३१ गतेसम्म कायम रहेको थाहा भएको छ । सञ्चार माध्यमहरुले भदौ २९ गतेबाट उनको कार्यकाल समाप्त भएको बताए पनि वास्तविकता भने फरक रहेको छ । किनकि उनी राजनीतिक नियुक्तिका आधारमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका हुन् । उनलाई सरकारले भदौ २९ गते नियुक्त गर्ने निर्णय गरेको भए पनि उनले पद बहाली भने भनौ ३१ गतेमात्रै गरेकाले उनको समय ३१ गतेसम्मै रहेको थाहा भएको छ । प्राधिकरणका कर्मचारीले भदौ २९ गते कुलमानको बिदाई गर्ने कार्यक्रम राख्दा उनले आफ्नो कार्यकाल शुरु भएको दिनलाई स्मरण गराइदिएपछि कर्मचारीहरु समेत बिदाई कार्यक्रमबाट पछि हटेका थिए । कुलमान सेवानिवृत्ति नभएकै कारण अहिले प्राधिरणमा कसैलाई निमित्त दिइएको छैन ।