Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमान चाहिन्छ भन्नेलाई लाठी उपहार

काठमाडौं । सत्ताका ठेकेदारहरुले थैलो खोज्दा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिमा कानुनले बाधा पु¥योयो । अन्य कुनै पनि ठाउँमा दलालहरुलाई नियुक्ति दिँदा बाधक बनेको कानुन थैलो होइन काम गर्ने मान्छेका अगाडि मात्रै बाधक बन्छ । म्याद सकिएका कुलमानको पुननियुक्तिको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरुले लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानरसहित प्रदर्शन गरेका हुन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका कुलमानका समर्थकहरुले सरकारलाई पुनर्नियुक्तिको दवाव दिँदै नाराबाजी गरे । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज गरेको छ । गत आइतबार कार्यकाल सकिएका कुलमान घिसिङलाई प्राधिकरणले मंगलबार बिदाइ गरेको हो । उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ । तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।