Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानको लोकप्रियता सकिँदै

काठमाण्डौ । लोडसेडिङ अन्त्य गर्ने कार्यक्रमको पर्याय बनाएर दोस्रो पटकको नियुिक्तसंगै विघुत प्राधिकरणमा कुलमान घिसिङको लाकप्रियतालाई ओरालो लगाउन मन्त्रि पम्फा भुषाल र बोर्ड सदस्यहरूमात्र हैनन् हितेन्द्रमान शाक्य समेत लागेका छन् ।
शाक्यको कार्यकालमा दलाल र माफियाहरूलाई निशुल्क विजुली दिएर जनतालाई अन्धकारमा राख्ने योजना जसरी बन्यो त्यो यथावत राखेर कुलमानले अघोसित लोडसेडिङ गराएका छन् । महाराजगञ्ज शाखाको लापरबाहिका कारण चौध घण्टासम्म विजुली नपाएका रानिवन वरपरका उपभोक्ताहरूको पिडा कसले सुन्ने । संबन्धित शाखामा फोन ग¥यो उठ्दैन, उठिहाले पनि कर्मचारीलाई जाडो हुन्छ ।
कुलमानले टिम बनाउन नसक्दा आएको यो समस्यामा इनभर्टर ब्यापारीहरू खुशी भएका छन् । गरीबलाई निशुल्क बिजुली दिने मन्त्री भुषालको निर्णयमा सुकुम्बासीहरूलाई पनि मिटर जडान गर्ने योजना परेको छ । तर प्राधिकरणभित्रको व्यवस्थापन भने भद्रगोल हुँदैछ । चिसोको समयमा बिजुली खपत गर्न जनतालाई उक्साउने कार्यकारी निर्देशक कुलमानलाई असफल बनाउन प्राधिकरण बोर्डमा भएका खन्चुवाहरू मात्र हैनन् आन्तरिक सूचना बालकोटसम्म पु¥याउने प्रशासन प्रमुखबाट समेत असहयोग भइरहेको समयमा पूर्व प्रम केपी शर्मा ओलीको भान्सा भान्सामा ग्याँस पाइप, पानीजहाज र पूर्व–पश्चिम रेल दौडाउने योजना जस्तै हुने त होइन ? प्रश्न उठेको छ यतिखेर बङगलादेशलाई बिजुली बेच्ने मन्त्रि भुषालको योजना सफल हुने अबस्था देखिँदैन ।