Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानलाई धक्का, डकेन्द्रले छोडे उज्यालो

काठमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् । डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् । यसअघि इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका छन् । पार्टी परित्याग गरेका तीनै जनाले अब पुन पहिचानवादी मोर्चालाई विस्तार गर्ने र आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने घोषणा गरेका छन् । उनीहरुले आसन्न निर्वाचनमा दलकोको घोषणा पत्रमा अनिवार्यरुपमा पहिचनसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने निर्णय गरेका छन् । स्वतन्त्र रुपमा नो कोशी, नो केबलकार अभियान अन्तर्कगत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने प्रतिबद्धता उनीहरुको छ । निर्वाचन नजिकिएका बेला उनीहरुले नो भोट सम्बन्धी अभियान चलाउने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल