Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानलाई स्पष्टीकरण, प्राधिकरणद्वारा ४९ उद्योगलाई बक्यौता तिर्न सूचना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको छ। ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण मागेको भोलिपल्ट बिहीबार सूचना जारी गरी प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरूलाई पुनः भनेको हो। यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न पत्राचार गरेको थियो। प्राधिकरणले जारी गरेको सूचनामा बक्यौता महसुल नबुझाएका उद्योगको नाम र उनीहरूले गणना सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरेको छ। आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ। डेडिकेटेड र ट्रंकलाइनका विषयमा सरकार र कुलमानबीच तीव्र विवाद छ।


सम्बन्धित समाचार