Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ ।
केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।
विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ, मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।
सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई पदबाट किन नहटाउने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।
साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठिक नभएको उनको भनाइ थियो ।
पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा त ठिक छ, तामाङले भनेका छन्, तर, गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसँगै सम्पत्ति विवरण माग्नु पनि ठिक भएन ।
केन्द्रीय सदस्य तामाङले अब सिधै महाधिवेशनको तयारीमा जुट्नपर्ने तर्क गरेका छन् । पार्टी बैठकमा धारणा राख्नेहरूले महाधिवेशनबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
केहीले तत्काल महाधिवेशन गर्नुपर्ने बताएका छन् भने केहीले अहिले अभियानमा जोडिएर महाधिवेशनको तयारी पछि गर्न सुझाव दिएका छन् ।
तामाङले बैठकमा भनेका छन्, सिधै महाधिबेशनको तयारीमा जुटौं । आजको आवश्यकता यहि हो ।
उनले कार्यकारी राष्ट्रपतिको एजेण्डासहित अध्यक्ष प्रचण्ड नेतृत्वमा दुई तिहाई मत प्राप्त गर्नेगरी ०८४ को निर्वाचनमा जुट्न पनि आग्रह गरेका छन् ।
पार्टीमा दण्डहीनताको मुखदर्शक र गुटहरूको साक्षी बस्ने प्रचलन अन्त्य नगर्दासम्म विधिको कुरा गफमै स्मित हुने उनले बताएका छन् ।
माओवादी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका तामाङले उमेरहदका कारण बिदा भएकाहरूलाई सबै तहमा प्राथमिकताका साथ न्यायोचित निर्णय गराएर पठाउनुपर्ने बताए ।
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २४
ताजा नेपाल