Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलेखानी भरियो, खोलियो दुवै ढोका

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो। आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए। ड्याममा पानी भरिएपछी दुवै ढोका खोलिएको उनले बताए। हाल प्रतिमिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकताअनुसार थप खोलिँदै जाने प्रमुख भट्टको भनाइ छ। कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेँसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ। जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ। कुलेखानीको क्षमता १५३० मिटर छ।