Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुल संक्रमितको आधा संक्रमण काठमाडौंमा

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यकामा ६७६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ ।