Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुवेतमा कोरोना संक्रमित नेपाली ८४ पुगे

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट प्रवासमा रहेका नेपाली संक्रमित हुने र ज्यान गुमाउने क्रम बढिरहेको छ । कुवेतमा ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। नयाँ तथ्याङक अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ। दूतावासका अनुसार यो नेपालीमा संक्रमण भएको ठूलो संख्या हो। नेपाली सहित कुवेतमा नेपाली सहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जनाएको छ । जसमध्य पछिल्लो २४ घण्टामा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन कुवेतमा थप ५ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । कुवेतमा कोरोना संक्रमित ३ हजार १६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्य ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


सम्बन्धित समाचार