Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो । नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् । कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल