Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कृषाले चुमिन् ‘मिस नेवाः नेपाल’को उपाधि

नेप्लिज फेसन होमले आयोजना गरेको ‘मिस नेवाः नेपाल ११४१’को ताज काठमाण्डौको डल्लुकी कृषा महर्जनले पहिरिएकी छिन् । काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नेवार यूवतीहरुविचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा कृषाले १४ प्रतिस्पर्धीलाई पछि पारिन् । उनले नगद १ लाख र विभिन्न उपहार समेत पाइन् । यस्तै, यो प्रतियोगीताको फस्ट रननरअप प्रियंका तण्डुकार र सेकेन्ड रनरअपको उपाधि कृष्टिना महर्जनले जितेका छन् । उनीहरुले क्रमशः २५ र १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङ नामको टाइटल पनि जित्न सफल भए । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संकृती, भाषा र भेषलाई जीवन्त राख्न १७ बर्षदेखि ‘मिस नेवाः’को आयोजना गर्दै आएको बताइन् ।


सम्बन्धित समाचार