Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कृषि विकास बैङ्कको अढाई अर्बको ऋणपत्र

काठमाडौँ । कृषि विकास बैङ्कले २ अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता डिबेञ्चर बिक्री गर्ने भएको छ । बैङ्कले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रतिऋणपत्र १००० अङ्कित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँबराबरको एडीबीएल कृषि बैङ्क ऋणपत्र २०८३ निष्काशनको अन्तिम तयारीसमेत गरिसकेको छ । आज (माघ ७ गते) गरिने बैङ्कको ५३औँ वार्षिकोत्सवको बारेमा जानकारी दिँदै काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैङ्कले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै होमस्टे एसोसिएसन नेपालसँग सम्झौता गरी होमस्टे कर्जा प्रवाह गर्ने समेत बताए । यस्तै, बैङ्कले साना किसान विकास आयोजनामार्फत् सामूहिक प्रणालीमा आबद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजनालाई सञ्चालन गर्ने क्षमतामा अभिवृद्धि गर्दै सहकारीमा रूपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको बताए । बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गरेको छ ।