Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केएमसी अस्पताल तोडफोड गर्ने ९ जना समातिए

काठमाडौं । उपचारका क्रममा एक बिरामीको मृत्यु पछि आफन्तले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड गरेका छन्। ६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा तोडफोड भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसार पक्राउ परेका सबैको पहिचान खुलेको छ।
उनले घटनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए।
डिएसपी विष्टका अनुसार श्वासप्रस्वासमा समस्या भएर उपचार गराइरहेकी ती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रमण गरेका हुन्। घटनाका विषयमा अस्पताल र आफन्तबीच छलफल भइरहेको बताइएको छ।


सम्बन्धित समाचार