Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ । मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । उनी हारको नजिक छन् । भारती समाचार संस्थाहरुका अनुसार आपका अन्य प्रमुख नेताहरू पनि पछि परिरहेका छन् । सौरभ भारद्वाज, सोमनाथ भारती, र सत्येन्द्र जैन आफ्ना आफ्ना क्षेत्रमा भाजपा उम्मेदवारहरूभन्दा पछि छन् । जनकपुरा सीटबाट आप उम्मेदवार मनीष सिसोदियाले र पटपड़गंज सीटबाट उम्मेदवार अवध ओझाले आफ्नो हार स्वीकार गरेका छन् । अवध ओझाले भने, ‘जनताले सम्मान दिए, र म दोस्रो स्थानमा छु। पहिलो पटक राजनीतिक यात्रा सुरु गरेँ, र यस उपलब्धिबाट म खुसी छु।’ भाजपाका रविन्दर सिंह नेगीले जंगपुरा सीटमा जित हासिल गरिसकेका छन् । आम आदमी पार्टीले पूर्वउपमुख्यमन्त्री तथा पटपड़गंज सीटका वर्तमान विधायक मनीष सिसोदियालाई जंगपुराबाट उम्मेदवार बनाएको थियो । सिसोदियाले जंगपुरा सीटमा पराजय स्वीकार गरिसकेका छन् । आम आदमी पार्टीकी उम्मेदवार आतिशीले भने भाजपाका रमेश बिधूडीमाथि अग्रता हासिल गरिरहेकी छन्। तर, ग्रेटर कैलाश सीटमा आपका सौरभ भारद्वाज पछि परिरहेका छन् ।
२०८१ माघ २६
ताजा नेपाल
२०८१ माघ २६
ताजा नेपाल
२०८१ माघ २५
ताजा नेपाल