Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वयको सम्बोधन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् । गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् । ४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए ।
टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए । अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन् ।
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनका लागि भन्दै उनी बालुवाटार पुगेका हुन् ।
अध्यक्षले जवाफ दिएसँगै आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिएको छ ।


सम्बन्धित समाचार

अमेरिकामा आज राष्ट्रपति निर्वाचन

२०८१ कार्तिक २०

ताजा नेपाल

आजदेखि विधिपूर्वक सुरु छठ पर्व

२०८१ कार्तिक २०

ताजा नेपाल