Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय समितिको बैठक लाइभ गर्न रास्वपा महामन्त्रीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका छन्। आफूले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको तर, सभापति लामिछानेले भने स्वीकृतरअस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिए। रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिको बैठक डाकेको छ। बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापतिलाई आग्रह गरेको छु। हाम्रो अडिट जनताले गरुन्। बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धनमा सभापतिबाट जवाफ आइसकेको छैन, उनले भने। बुधबार गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश(दौडाहा गरेका महामन्त्री ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पार्दै रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरेका थिए। सोही प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनु अघि सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ। यसै विषयमा गत शुक्रबार महामन्त्री ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो।


सम्बन्धित समाचार