Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपी ओली थिए दङ्घ ,अहिले घरी घरी झसङ्घ हुन्छन्

एमालेले चुनाब समयमा हुनु पर्छ भनेर सडक तताउने सम्मका योजना ल्याउदै गर्दा सरकारले जेठ ४ को सट्टा बैसाख ३० गतेनै मिति तोकेपछि बिपक्षी दलका नेता खुसी हुनु नरामो्र मानिदैन् । एमालेको आत्मबिश्वास उच्च हुनुमा एमाले फुटकै समयमा पनि एमाले खासै आतिनु पर्ने अबस्था आएन भन्ने एमालेको बुझाइ हो उसको बुझाइलाई गलत होइन भन्न सक्ने स्थिति पनि छैन किनकि माधब नेपालले एमाले फुटाएर जति कार्यकर्ता लिएर गए त्यो भन्दा धेरै माओबादी कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । अहिले आफ्नो पक्षमा माहोल तातेको बेलामा चुनाब गराउन चाहान्छ एमाले , एमालेकै ईच्छा अनुसार चुनाब घोषणा सरकारले चेन्ज गरेन भने एमालेले आफ्नो पकडमा माहोल बनाउँछ भन्ने कुरामा एमाले ढुक्क छ । उता एमालेबाट फुटेर गएको समाजबादीको योजना अर्कै छ । आफुले जित्ने अबस्था कहि कतै नभएपछि एमाले हराउ अभियानमा लाग्ने भएको छ । एमाले हराउन जस्तोसुकै सम्झौता गर्न पनि समाजबादीका अध्यक्ष माधब नेपाल पछि नहट्ने भएका छन् । उनको पाटीलाई काग्रेसले साथ दिने वाला छैन । किनकि भर्खर जन्मिएको पाटीलाई काग्रेसले किन अँगालो हालेर हिड्थ्यो होला र ? केपी ओलीको बहुमत ल्याउने उद्धद्योसलाई अदालतको महाअभियोग काण्डका कारणले तोकिएको समयमा चुनाब हुने कुरामा शंका उत्पन्न गराएको छ । बिपक्षि दललाई पछार्नको लागि सत्तारुढ दलले जस्तासुकै हत्कण्डा अपनाए पनि यो असम्भब हुने भैसक्यो जनताले एमालेलाई यो पटकको चुनाबमा साथ दिने बाताबर्णन बन्दै जादा केपी ओली दङ्घ छन भन्दा फरक पर्ने छैन । तर ओलीलाई शंका पनि लागिरहेको कतै सरकारले चुनाबत सार्दैन ? अदालतको महाअभियोग काण्ड , एमसीसी काण्डको बहाना बनाएर सरकारले चुनाब सार्यो भने ओलीका तत्कालका योजनाहरु खेर जाने सम्भाबना भएको कारण ओली झसङ्घ हुन्छन् ।

 


सम्बन्धित समाचार