Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपी ओली प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा

२४ मसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगेका छन् ।
शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका छन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने अरु नेताहरु भन्दा ढिला पुगेका थिए । उनी मञ्चमा कांग्रेस सभाति शेरबहादुर देउवाको देब्रेपट्टिको सिटमा बसेका छन् । प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेताहरु भने देउवाको दाहिनेपट्टि बसेका छन् ।
पार्टी विभाजनपछि ओली र नेपाल पहिलो पटक एउटै मञ्चमा बसेका हुन् । मंसिर १० गते एमालेको महाधिवेशनको उद्घाटनशत्रमा ओलीले माधव नेपाललाई निम्तो नै गरेनन् भने मंसिर १५ गते राप्रपाको महाधिवेशन उद्घाटनमा नेता नेपाल पुगे पनि ओली गएनन् ।

 


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल