Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपी प्रस्तावको चिरफर

  • जानकीरमण आत्रेय

नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष, पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको प्रस्तावलाई खरिज गरिनु पर्दछ । यो प्रस्ताव छलफलछ योग्य छैन भन्ने तर्क र आफना विगतका कपोलकल्पित थाङग्ने तर्क आफू र आफ्ना मतियारको विशेष सल्लाह र योजना अनुसार ४४ ब्दामा गत मंसिर १४ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा पठाएर छपाउनु भएको छ । यी ४४ बुदामा उल्लेख गरिएका विषयहरू कुनै सैद्धान्तिक धरातलमा उभिएका छैनन । त्यसको चिरफार यस प्रकार गरिएको छ । उहाँले प्रथम बुँदामा लेख्नु भएको छ, यो प्रस्ताव बैठकमा छलफल योग्य छैन । नेपालको कम्युष्टि आन्दोलनको आधा शताब्दी टुटफुट र संघर्षमय जीवन बितााएर दश बर्षे जन युद्ध मार्फत राजतन्त्रको अन्त गराउने वातावरण मिलाउने कोही व्यक्ति नेपाल कम्युनिष्ट आन्दोलनमा छ भने त्यो व्यक्ति पुष्पकमल दाहाल नै हो । नँ की केपी ओली ।

केपी ओली २०२९ सालमा झापाका धर्म प्रसाद ढकाल मस्त निन्द्रामा सुतेको बेला डकैत तरिकाले मार्न गएका व्यक्तिको साक्षी बसे वापत हत्या काण्डमा १४ बर्ष जेल जीवन विताएका व्यक्ति हुन । नेकपा एमालेमा उनी भन्दा अग्रज पार्टी संगठक माधव नेपाल र झलनाथ खनाल समेतको सहमतीमा तयार गरिएको प्रस्ताव किन छलफल योग्य छैन । प्रधान मन्त्री केपी ओली पार्टीमा सदैव प्रतिपक्षीको रूपमा बसे । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको मृत्यु पछि मात्र यी साढे गोरु हुन खोजेका हुन । उनले माक्र्सवादी दर्शनको साटो चुटकिला पढेका छन् ।

दोस्रो बुदामा उनले लेखेका छन् । कम्युनिष्टहरू आफ्ना राष्ट्रिय या आन्तरिक विषय वस्तुका कारण नभई अन्य कारणले नै विभाजन भएका हुन । उनलाई यति पनि ज्ञान छ्रैन कि नेपालको कम्युनिष्ट पार्टी राजा महेन्द्रले गरेको ०२७ सालको ‘कु’ पछि मात्र विभाजन भएको हो । त्यस बेला नेपालमा कम्युनिष्टहरूमा राजाको ‘कु’ लाई कसरी विश्लेषण गर्ने भन्ने बारे प्रष्टता देखिएको थिएन । भारतलाई कसरी हेर्ने मुल्यांकन गर्ने प्रष्टता देखिएन । नेपालको प्रजातान्त्रिक पार्टी नेपाली कांंग्रेसका नीति र कार्य दिशा र कार्यक्रमलाई कसरी विश्लेषण गर्ने भन्ने बारेमा पनि प्रष्ट नभएकै कारण, नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको हो । विभाजनकै प्रक्रियामा २०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन विदेशमा सम्पन्न गरिएको थियो । त्यहीबाट पार्टी विभाजन प्रारम्भ भएको हो । न कि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभाव । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका ठूला शक्ति सोभियत संघ, चिनको कम्युनिष्ट पार्टी र युरोपियन कम्युनिष्ट पार्टी बिचको मतभेद पछि प्रारम्भ भएको हो ।

अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विभाजन आउनु भन्दा पहिला नै नेपाल कम्युनिष्ट पार्टीमा विभाजन भएको थियो । महामहिम पार्टी अध्यक्ष खडगप्रसाद ओलीलाई म जथाभावि बोल्नु भन्दा पहिला नेपाल कम्युनिष्ट पार्टीका पुराना दस्तावेज अध्यययन गर्न अनुरोध गर्दछु । शायद उहाँले नेकमा एमालेको पाँचा महाधिवेशनमा प्रस्तुत गरिएको ‘जवज’ को लाश वाहेक अरु दस्तावेज पढनै भएको छैन होला । त्यस कारणले उहाँलाई पार्टी विभाजनका तथ्यगत बुदा बारे प्रष्ट जानकारी छैन । अहिलेको संगीन घडीमा नेपालका कम्युनिष्टहरू किन एक जुट भए । यसको सैद्धान्तिक आधार छन । उनीहरूमा धेरै कुरामा प्रष्टता आयो व्यवहारका कारण ।

नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण प्रस्ट भयो । यो शक्ति मित्र र शत्रु बराबर देखियो । चुनावी माहोलमा जाँदा शत्रुगत व्यवहार गरिए पनि अन्य राष्टियता र प्रजातान्त्रिकलाई सृदृढ गर्ने सवालमा मित्रगत व्यवहार गरिने प्रकृयाको थालनी भयो । ०४६ सालको जन आन्दोलन र ०६२÷०६३ सालको जन आन्दोलनको नेतृत्व गर्नुका साथै विद्रोही तत्कालिन नेकपा माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाली कांग्रेसकै अगुवाई देखियो । यी विगतका यथार्थवादी घटना क्रमलाई खडग प्रसाद ओलीले पढन बुझन मनन गरुन । तेस्रो दफामा महामहिम प्रधानमन्त्रीले लेख्नु भएको छ कि, प्रचण्डको प्रस्तावमा प्रयोग गरिएको भाषाले नेपालको कम्युनिष्ट आन्दोलन र प्रवृत्ति, संस्कार, संस्कृति र सभ्यता अनुकुल छैन । महोदय तपाई पछि फर्केर हेर्नोस त, ०७२ सालको नवयुग मासिकमा तपाईले लेखेको कम्युनिष्ट पार्टीको इतिहास त प्राथमिक विद्यालयमा पढाइने वर्णमाला जस्तै छ । आजसम्म नेकपा एमालेमा भएका महाधिवेशनमा तपाईको अगुवाइमा कुनै दस्तावेज तयार भएको छ । दस्तावेज लेख्ने, लेखेर सुनाउने साहस कौशल तपाईसँग छैन । आजसम्म तपाईले राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा बोलेर सुनाइएका दस्तावेज लेख्ने शंकर पोखरेल लगायत अन्य व्यक्तिहरू नै छन् त ?

मदन भण्डारीको हत्या सम्बन्धी एक सदस्यीय आयोग बन्दा तपई छानिनु भयो । त्यो आयोगले मदन भण्डारीको हत्याको अनुसन्धन गर्न सको, तपाईले यस बारे प्रतिवेदन लेख्न सक्नु भयो । सार्वजनिक भयो । राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा, देउवा सरकारमा सहभागी हुन जान ठीक थिएन । पार्टीलाई प्रतिगमनमा होम्ने काम तपाई र तपाईको समूहले ग¥यो । पछि त्यो सरकारमा जानु गलत सावित भयो । त्यो गलत भएको कामको पनि समिक्षा गर्न पाार्टीले तपाईको संयोजकत्वमा समिति बनायो । पार्टीमा प्रतिवेदन दिन सक्नु भयो । त्यसका अनुभवहरू कहाँ छन् त ? चौथो दफामा उहाँले प्रचण्डलाई आरोप लगाउनु भएको छ ‘वार की पार’ । यो ‘वार की पार’ को अगुवा पार्टी विभाजन गर्न, बखेडा निकाल्ने, भारतिय दलाली गर्ने, भारतको स्वतन्त्रता दिवस – १५ अगस्तमा भारतीय प्रधानमन्त्रीलाई वधाई दिने क्रममा तपाईले भारतीयहरूलाई खुशी पार्न, मेरो सत्ता टिकाई देउ, म कुनै पनि हालतमा तिमीहरूको विरोधमा जान्न र तिमीहरूलाई वाधा पर्ने काम गर्दिन भनेर विन्ती विसाएकै कारण भारतीय प्रधानमन्त्रीले आफनो दुतको रूपमा ‘र’ को प्रमुखलाई नेपाल पठाएका हुन ।

‘र’ को मानिसलाई भेटने काममा तपाई पहिला देखिनै अगुवा हुनुहुन्थ्यो । विगतका आन्दोलनका सञ्चालक पार्टी संयोजक रहेका झलनाथ र माधव नेपालले कहिल्यै कुनै पनि अवस्थामा ‘र’ का प्रतिनिधिलाई भेटेनन । तपाई भारतीय दलाल र नजिक भएकाले पटक पटक भट्ने प्रबन्ध मिलाउदै हुनु हुुन्छ । यसका सकारात्मक नकारात्मक पक्षबारे पछि वहस होला । कम्युनिष्ट आन्दोलनलाई गम्भिर संकट प्रचण्ड पुष्पकमल दाहालका कारण होइन । संकट खडग प्रसाद ओली जस्लै इश्वर पोखरेल, विष्णु प.्र पौडेल, गोकुल वास्कोटा जस्ता व्यक्तिहरूबाट भएको छ । प्रचण्डले त क्रान्तिको अगुवाई पनि गर्नृ भयो । तपाईको समूहले त प्रतिमनकारी राजाको चाकरी सेवा गर्नु भयो । प्रतिगमन सच्चियो भनेर पाउ लागि गरेर यस बारे भालि इतिहासले बोल्छ, स्रष्टाले लेख्तछन् ।

त्यस बेला तपाईको नागो आकृति हेरेर कम्युनिष्ट आन्दोलनमा को कहाँ रहेछ भन्ने अर्थ लाग्दछ । तपाई पदमा भएकाले राज्यको ढिकुटी अफ्नो आउरे वाउरेलाई वाडेर शक्तिशाली देखिनु भएको छ । त्यो पदको कारण हो । विचार, सिद्धान्त, दृष्टिकोण र त्यागबाट आर्जेको व्यक्तित्व कदापि होइन । जुन बेला राजा ज्ञानेन्द्रले आफ्नो स्वार्थ अनुकुल पतिगमन गरे । तपाई त्यसको समर्थक बन्नु भएको थियो । प्रतिगमन विरोधी काठमाण्डौ केन्द्रित आन्दोलनमा गएका कार्यकर्तालाई भेटघाटका क्रममा ‘मरेका वाउ झर्किए झै’ यो मरेको संसद जीवित हुदैन । गिरीजा बहुलाए, माधव नेपाल पनि बहुलाए । राजासँग मिलेर सत्तामा जानु उचित हो, भनेर भाषण गरी हिडेको सुन्ने कार्यकर्ता जीवित छन् । कम्युनिष्ट आन्दोलनलाई संकटमा धकेल्ने काम त तपाईबाट भएको छ । यस्को मुल्यांकन आउन पिढीले गर्दछन । आउने निहित स्वार्थको कारण पार्टी विभाजन गर्न त तपाई नै उद्धत हुनुहुन्छ ।

प्रचण्ड कदापि होइनन । तपाईबाट राष्ट्रघात र पार्टीघात दुवै भएका छन । यस बारे धेरै प्रमाण दिन सकिन्छ । कुनै बेला तपाईका भाषण थिए जनताले सुनेका छन । नेपालमा गणतन्त्र पनि आउदैन,नेपाल संघियतामा पनि जादैन, धर्मनिरपेक्षता पनि हुदैन, गणतन्त्रको कुरै छाडौ । कस्तो विडम्वना आफूलाई क्रान्तिकारी भन्न रुचाउने तर व्यवहार र नियतमा प्रष्टता ल्यााउन नसक्ने ढोगी क्रान्तिकारी बन्ने । आज तपाई तिनै प्रचण्डले अघि सारेका मुद्दालाई जो राष्ट्रका मुद्दा बनाइए । आन्दोलनले पुरा ग¥यो । तिनै पुरा गरिएका मुद्धाको मालिक हुनु भएको त छ, तर यसलाई सुक्ष्म र गलत प्रकृति ल्याएर दक्षिण पन्थीलाई सकृय पारेर उल्टाउन खोज्दै हुनुहुन्छ ।

गम्भिर भएर सोच्नुस कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने तपाईको अहंकारले नै हो । पाचौ दफामा तपाईले लेख्नु भएको छ कि प्रचण्डको आरोप पत्र विरोधिहरूले हात हातमा लिएर हिडेका छन । यो त स्वभाविक हो, कुनै पनि प्रजातान्त्रिक मुलुकमा नेताको भाषण प्रस्ताव वहसका लागि विराधिहरूले लिएर हिडदछन । प्रचण्डको प्रस्तावले भन्दा विरोधिलाई दरो त तपाईको कार्र्यनीति र मुलुक सञ्चालनका विधिले प्रभाव पारेको छ । तपाईले गरेका गलत राष्ट्रघाती काम र भ्रष्टाचार, वाइड वडी लगायतका कामले विरोधि सलवलाएका छन । विरोधी सलवलाउने त तपाईको कामबाट भएको छ । कोरोना भाइरस जस्तो महामारीले जनता आक्रान्त छन, रोग नियन्त्रणका लागि मित्र राष्ष्ट्रहरूले दिएका उपकरणहरू मासेर खाने मन्त्रीहरू तपाईकै निकट छन । तपाईबाट संम्रक्षित छन । टेप प्रकरण गन्हाएका दुर्गन्ध त तपाईका धर्म पुत्र हुन्छन । नेपालीमा एउटा उखान छ ‘अपुत्राको धन प्यारो’ भएको त्यस्तै छ । कालीगण्डकी योजनामा खाएको घुस लिएको नजरना विदेशी वैकमा जान्छ, तपाईकै खातामा राखिएको सूचना जनताले पाउदछन ।

नेकपा खुल्याउने भनेर तपाईले प्रचण्डलाई आरोप लगाउनु भएको छ । तर ठिक यस्को विपरित पार्टी खल्याउने र कार्यक्रतालाई निराश पार्ने काम पार्टीका संगठन छिन्न भिन्न पार्ने काम तपाईबाट र तपाईको गुट बाट भएको आम जनता र कार्यकर्ताले महसुश गरेक छन् । प्रचण्डको प्रस्ताव मात्र यो कदापि होइन । यो त माधव नेपाल झलनाथ कम्युनिष्ट्र व्यक्तित्व र मूलधारको समर्थन प्राप्त प्रस्ताव हो । जुन वेला तपाई धर्म प्रसाद ढकाल हत्या काण्डमा जेल जीवन विताउदै हुनुहुन्थ्यो त्यो बेला झलनाथ खनाल र माधव नेपाल संगठन निर्माणमा थिए । उनिहरूको त्याग बाट कम्युनिष्ट संगठन निर्माण भयो । मनमोहन र पुष्पलालको व्यक्तित्वले पार्टी प्रचारमा प्रभावकारी भूमिका खेलेको थियो । तपाईले त जेलमा बसेर षडयन्त्र गर्न र चुटकिला भन्न सिक्नुभयो । जनताको बीचमा जार्ने परेन ।

संयोग हो नेकपा एमालेको नवौ महाधिवेशनमा तपाई प्रति कार्यक्रताले सहानुभुति राखे थोरै भए पनि जित्नु भयो । प्रधानमन्त्री हुुने मौका पाउँनु भयो । नेकपा एमालेका कार्यक्रतामा त्यस्तो राजनैतिक ज्ञान थिएन । समिक्षा गर्ने क्षमता छैन, गुटमा बाडिएका छन । जसका घरमा भात पाक्यो त्यही खान जाने प्रवृती नेकपा एमालेको कार्यक्रतामा छ । जबजको सिद्धान्तहीन बाटोले नै आज यो पार्टीको हालत यस्तो जन विरोधि भएको हो । मदन भण्डारी नै यस्ता व्यक्ति थिए जसले कम्युनिष्ट आन्दोलनलाई पुँजीवादी दिशामा लगे । जवज व्याख्याकार हुन भन्ने तपाई अब यो मुलुक र कम्युनिष्ट पार्टीको लागि अभिशाप हुुनु भएको छ । यथाशिध्र पद छाडनु उचित हो ।


सम्बन्धित समाचार