Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केयुकेएलभित्र चर्कियो रडाको

काठमाडौं । १३ महिना अगाडि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यकारी निर्देशकको रूपमा प्रवेश गरेका आशोक पौडेल कर्मचारीहरूको चेतावनीपछि आत्तिन थालेका छन् । खानेपानीको अनुभव नभए पनि एसियाली विकास बैङ्कको एजेन्टका रूपमा उभ्याएर तत्कालिन बोर्ड अध्यक्ष तिरेश खत्रीले पौडेललाई केयुकेएलमा भिœयाएका हुन् । उनी कार्यकारी भएपछि केयुकेएलका चुहावट तथा क्षतिग्रस्त संरचनाहरूको मर्मत नहुँदा झण्डै ३० करोड लिटर पानी वितरणको बिलिङ सिस्टम समेत असफल भएको छ । मेलम्चीको पानी काठमाडौंमा आएपछि त्यो पानीको महसुल उठाउने दायित्व केयुकेएलको काँधमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सुम्पिएको छ । ग्राहकको मिटर अनुगमन गर्ने मिटर रिडरहरूदेखि तल्लो तहका कर्मचारीमाथि दमन गरेर आन्तरिक अन्तरविवाद चर्काएर आफू पानी माथिको ओभानो बन्न पौडेलले जति प्रयास गरे पनि केयुकेल भित्रका पाँच वटा ट्रेड युनियनहरूले उनको असक्षमताको विरोध गर्दै ३२ सूत्रीय माग पेश गरेका छन् । वैशाख ३१ गतेसम्म ती माग पूरा नगरे पदबाट राजीनामा दिन पौडेललाई कर्मचारीहरूले दबाव दिइसकेका छन् । खानेपानीमन्त्री प्रदीप यादवलाई समेत केयुकेएलभित्रको आन्तरिक समस्या थाहा नभएको होइन । तर उनी कर्मचारी सरुवा गरेर कमाउने धन्दामा सक्रिय भएका कारण पौडेलको १३ महिने कार्यकाल निराशाजनक हुँदा पनि चासो दिन सकिरहेका छैनन् । केयुकेएलको व्यवस्थापन र प्रशासनमा अनुभवहिन नेतृत्व आउँदाको अवस्था कस्तो हुन्छ भन्ने कुरा यतिखेर कर्मचारी ट्रेड युनियनहरूले भोगिरहेका छन् । जहाँ पानी वितरण, प्रशोधन, महसुल बिलिङ गर्ने जनशक्तिलाई कार्यकारी निर्देशकले पेलेको अवस्था छ । श्रम ऐन २०७४, नियमावली २०७५, ट्रेड युनियन ऐन २०४९, नियमावली २०५० कर्मचरी प्रशासन ऐन २०६४ मा भएको व्यवस्थालाई अवज्ञा गर्ने अधिकार कार्यकारी निर्देशकलाई हुँदैन । उनले २०८० चैत २ गतेको सहमतिलाई अवज्ञा मात्रै गरेनन् तत्कालिन समयमा ट्रेड युनियनसँग भएको सम्झौतालाई कार्यान्वयन समेत गरेका छैनन् । त्यही कारण कर्मचारी ट्रेड युनियनहरूले ०८१ पुस ९ गते उनैलाई ध्यानाकर्षण पत्र बुझाएका थिए भने माघ २३ गते मन्त्रीकै अगाडि राजीनामा माग गरेका थिए । उपत्यकाको खानेपानीको नाममा सरकारले ऋण तथा अनुदानबाट झण्डै ७० अर्ब स्वाहा गराएको अवस्थामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडभित्र कर्मचारी र सिइओबीचको द्वन्द्वले पानीको श्रोत समयमा परिचालन गरेर उपभोक्ताको चित्त बुझाउने अवस्था समेत दिनानुदिन गिर्दो छ । केयुकेएललाई यो अवस्थामा पु¥याउने एडिबीका दलालहरू र तिरेश खत्रीलाई ट्रेड युनियनहरूले कडा चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार