Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ईश्वरीप्रसाद वाग्ले
जहाँ राजनीतिले दर्शन त्याग्छ, त्यहाँ भद्रगोल हुन्छ । नेकपाको नेतृत्व होस् वा नेपाली परिवर्तनका आन्दोलनमा नेतृत्व लिएको दाबीगर्ने शक्ति नेपाली काँग्रेस किन नहोस् पार्टी नेतृत्व कमाई जालमा छ । नेतृत्वले समयको ख्याल नगर्दा कार्यकर्ताले ठाउँ पाएका छैनन् । राजनीतिक चेतनाको काम अहिलेको आवश्यकता हो । नेकपाको नेतृत्वले देश काल परिवेश बुझेर बुझ पचाएको छ । त्यही कारण बालुवाटार प्रकरणले पहिचान दर्शाएका विष्णु पौडेलहरू लोकका अगाडि लाज मान्दैनन् ।
अपराधी, तस्कर, गुण्डागर्दीमा छ पैसा । त्यसैले दिपक मनाङे नेकपा बन्छन् मिलन चक्रे त्यही छिर्छन् । रमेश पौडेल, पर्शुराम बस्नेतको के कुरा ! हुँदा हुँदा नेकपाले दिएका रणनीति नियुक्तिहरू लाजै मर्ने हुँदैछन् । पार्टीमा गुट र गुटभित्रको किचेन क्याविनेटले प्रधानमन्त्री ओलीलाई घेरेको छ । त्यो घेरा तोड्न उनले जरुरी ठानेनन् । प्रम अोलीकै कारण हो नेकपाले एक वर्षसम्म नीति, कार्यक्रम, सिद्धान्त र विचारलाई कमिशन, दलाली र भ्रष्टाचारीसँग जोडिएकोले भ्रष्टाचार बढिरहेको छ । गल्ती सरकार गर्दै जान्छ । राष्ट्रवादी सरकार देशघाती काम गर्छ । कामको थालनी गर्नु राम्रो हो । जुनसुकै काम थालनी गर्नु पूर्वको प्राविधिक पाटो प्रशासनिक बाटो सुधार गरेको भए पो सरकारको विरोध हुँदैन । बैठक बस्छ, सरकारकै कामको टिप्पणी हुन्छ । राम्रो काम गरेको भए टिप्पणी राम्रै हुन्छ । जनार्दन शर्मा, भीम रावल, विरोध खतिवडा, हरिबोल गजुरेललाई प्रधानमन्त्रीले संघीय लोकतन्त्र, गणतन्त्र र समावेशीताको सिद्धान्त र आदेश सिकाउनुपर्छ ? योगेश भट्टराई, शेरबहादुर तामाङ, पम्फा भुसाल, जीवनराम श्रेष्ठ, देवेन्द्र्र पौडेलहरूलाई सरकारले गरेका गल्तीको काँध थाप्न बाध्य बनाउन सकिन्छ ?
गल्ती अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसम्मले पनि गरेका छन् । सरकार गठन गर्दैमा गुटको आधारमा मन्त्रीहरूको छनोट किन गरियो ? जबकि राज्यमन्त्री बनेर काम सिक्नु पर्ने अनुहारहरू क्याविनेटमन्त्री बनाइए । तीनले संसदीयदलको नेता केपीलाई पनि टेरेनन् । अध्यक्ष दाहाल र वरिष्ठ नेताहरूको भ्यालु भएन । सरकारले विकास गर्ने कि भत्काउने ? ओली सरकार गठन भएदेखि चालू अवस्थामा रहेका कुनै पनि आयोजनाहरूको कार्य प्रगति राम्रो छैन । गलत मान्छेबाट राम्रो कामको आशा गर्नु हुँदैन । दिपक मनाङेले गुण्डागर्दी छाडेको घोषणा कहिले गरे ? ठमेलमा उनकै हाउगुजी अझै छ, चक्रपथमा मिलन चक्रे, मोरङका परशुरामको दबदबा छँदैछ । हिजो माओवादीको वाइसिएल देखाएर पार्टी अध्यक्षको निर्देशन नमान्ने चन्द्र थापाको जगजगी थियो । गलत कामको पक्षपोषण पर्दा पछाडिबाट गर्ने नेतृत्वले देश सपार्दैन । किनकि स्थानीय तहको तल्लो तह वडाहरू हुन् । त्यहाँ ठेक्का पट्टा सिफारिश, नक्सा पास, घर निर्माण सम्पन्नको कागज लिन मिलाउन पैसा चढाउनु पर्छ । नेकपाको नेतृत्वले दिएको योगदान यही हो ।
पार्टी छ, छलफल निश्कर्ष योगदान व्यक्तिको क्षमता हेरिँदैन । सरकार छ, ऐन कानुनको ख्याल हुँदैन । गुटबाट नाम छनोट भएपछि क्षमता, योग्यता पार्टीप्रतिको लगानी निरन्तरता केही चाहिँदैन । नेकपा भनेको पैसा, कमिशन र अपराधको रक्षक भनेर बुझ्न पर्ने भो । विवादित विषयमा नाम जोडिए पछि त्यही नेता ढसमस्स पार्टीका गतिविधिमा देखिन किन प¥यो ? गल्ती गरेको छैन भने छानविनले निर्दोष भनिदिन्छ त्यसपछि डाडू पन्यु हातमा लियो आफ्नो हात जगन्नाथ गरे हुँदैन ।
भन्ने सर्वहारावर्ग उत्पीडित वर्गको सेवा, घरविहीन सुकुम्बासी सामन्तले सताएका हरूवा चरुवाको कल्याण नेकपाले गर्छ । तर नेताको व्यवहार यिनले ठड्याएका महल, चढेका गाडी, यिनका छोराछोरीको सान, औकात देख्दा लाग्छ सामन्तवाद नेकपाकै व्यवहारमा विद्यमान छ । काँग्रेसका बीपीले भनेझैं पार्टी सत्तामा गएपछि काँग्रेसका नाममा सुकिलाले फाइदा लिन्छन् निम्छरो कार्यकर्ता त्यागी भावनाको भलाद्मीले तिनीहरू विरुद्ध विद्रोह गर्नुपर्छ के नेकपामा बीपीले भनेकै शब्द भलाद्मीहरूले पार्टी नेतृत्व, स्थायी समिति र सचिवालयका विरुद्ध राँको बाल्नु प¥यो ?
ओली, प्रचण्डहरूले सडकमा धुलो, धुवा सहनु पर्दैन । राष्ट्रपति विद्यालाई पशुपति जान हेलिकोप्टरको व्यवस्था गरे हुन्छ । राष्ट्रको धन नयाँ राजाहरूले लुटिरहँदा यिनका नाममा गरिबले धुवा धुलो खानुपर्ने यिनले नीतिगत भ्रष्टाचार गरी रु १ अर्ब खान रु २ अर्ब ६० करोड बजेट कचल्टिएको मेलम्चीमा छुट्याउनु पर्ने, जनताले कर तिर्ने छोडे राजाहरूले लुटिरहने यो कस्तो व्यवस्थाको नेतृत्व गर्दैछ नेकपा ? ओली सरकार बदनामी कमाएको यस्तै रवैयाले हो । नेतृत्व पदको भोको र लुटाहा भएको पार्टीको नत सिद्धान्त हुन्छ नत आदर्श ?
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल