Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के के पाए पुग्छ कामरेड ?

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको माया पाउँदैन । किन दिने नेकपाका उम्मेदवारलाई जनताले भोट ? के ग¥यो डेढ वर्षमा ! नीतिगत भ्रष्टाचार यिनै गर्ने, दुई तिहाईको अपमान यिनै गर्ने, पार्टीमा वरिष्ठता, जेष्ठता सक्षम योग्यलाई पन्छाएर गुटको भरमा कार्य विभाजन गर्ने, निष्पक्षता कतै देखाउने ओली गुटबाहेक कसैले कही राजनीतिक नियुक्ति नपाउने, महंगी बढाउने, भ्रष्टाचार चम्काउँदै नीतिगत लुट चम्काउने ओली सरकारका कारण कास्की २ नेकपाको कोटाबाट गुम्दैछ । मतदाता त वामदेवको बर्दिया २ मा पनि काँग्रेसका भन्दा १९ हजार बढी थिए नि ? किन हराइयो ? ईश्वर र केपीको जालका कारण वामदेवलाई ? ओलीलाई थाहा थियो वामदेव आयो भने आफूलाई प्रमको एकल दाबी गरेको अर्थपूर्ण हुन दिँदैन । अब वामदेव कास्कीमा बल्ड्याङ खान जाने हो कि जित्न ? नेकपालाई जनताले मत दिनै पर्ने के त्यस्तो सरकारले उपलब्धी ल्याएको छ ? कतिले रोजगारी पाए ? वैदेशिक रोजगारी कतिले पाए ? जनप्रतिनिधिहरूले भत्ता बुझ्न तलब खान सिंहदरबारको अधिकार गाउँमा पु¥याएर जनताले कर वृद्धिबाहेक उपहार के पायो ? नगरप्रमुख, उपप्रमुख वडाध्यक्ष, वडा सदस्यहरूलाई मात्रै भत्तै भत्ता जनतालाई करमाथि कर नेकपाको जनपक्षीय काम के छ ? गुटबन्दीको भरमा पार्टीका विभाग बाँडिएकै छ । वरिष्ठता, क्षमतावान इमान्दार नेताहरू गुटको शिकार भएकै छन् । के जाँगर र जोश छ, कार्यकर्तामा उपचुनावमा नेकपालाई नै साथ दिलाउन र जनतालाई ढाँट्न । लेवी बुझाउने कार्यकर्ता भड्किसक्यो । कार्यकर्ताले ओली गुटको कपटको शिकार भएकाहरूले पार्टी प्रति सम्बन्ध तोडिसक्यो । किसानको वस्तु विचौलियाले कुम्ल्याउँछ । सरकार बनेको यो अवधिमा बिचौलियाकै हित गर्ने काम भएको छ । जनतालाई शोषण गरेर जनतामाथि दोहन गरेर व्यवस्थाकै बदनाम गर्ने पर्टीले परिवर्तनको संस्थागत विकास कसरी गर्छ ? ग¥यो ? कि गर्दैछ ? यस्तो लापरबाहीमा नेकपालाई जनताले रुचाउनुपर्ने कारण नै छैन । जहाँ उपचुनाव हुँदैछ त्यो प्रदेशको सरकारले नै मतदाता भड्काउँदै स्थानीय तहमा लुट चर्काएको छ । राजनीति जनताको सेवा हो कि कमाई गर्ने ढाल हो ? गण्डकी प्रदेश सरकारले कसैलाई रित्तै कसैलाई दोहोरो, तेहरो सुविधा खाने कानुन बनाएको छ ? त्यही अब वामदेव जस्ता नेताले चुनाव जित्छन् ?

सरकार बनेको डेढ वर्ष भयो । नेकपाको सरकार भएको बेला किसानले आफ्नै पैसाले कृषि मल किन्छु भन्दा पाउँदैन । पैसा अर्थ मन्त्रालयमा छ । अर्थमन्त्री केपी ओलीका दलाल डा. युवराज खतिवडा छन् । उनलाई किसानको मतलब पनि छैन कार्यकर्ता पंक्तिप्रति पनि चिन्ता छैन । वर्षमा ७ लाख मेट्रिक टन मल चाहिन्छ । चक्रपाणि खनाल जस्ता नालायक कृषिमन्त्री छन् । जसले आफूले एकल निर्णय गरेर गर्न सक्ने काम गर्न सकेका छैनन् । उनको मन्त्रालयका संस्थान बोर्ड, समितिमा प्रमुख नियुक्ति भएका छैनन् । देशको बजेटको ६० प्रतिशत तलबमा सक्ने नेकपाको सरकारकै कारण जनता निराश छन् । सरकारले जनताको पक्षमा काम गरेकै छैन् । रोजजारी छैन । एनजीओ र आइएनजीको भत्ता खाने सूचना बेच्ने । कार्यकर्ता छानेर फूल गोड्ने, झार उखेल्ने गरेर स्वरोजगार मूलक काम भयो भन्दै झुट बोल्दै अरवौं सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमले भ्रष्टहरूलाई धनी बनायो । यस्तो बेला कास्की २ मा मंसिरमा उपचुनाव हुँदैछ । प्रदेशको चुनाव पनि हुँदैछ । धरानका मेयरको मृत्यु भयो । त्यहाँ चुनाव हुँदैछ । तर नेकपा ओली र उनको मण्डली सात हजार किमी सडक कालोपत्रे गरेको गर्व गर्दैछ । मेलम्चीबाट सिएमसीलाई खेदेर करोडौं कुम्ल्याएका घनश्याम भट्टराईलाई भ्रष्टाचारमा जेल पार्ने हो कि प्रमको विकास विज्ञ हुने हो ?


सम्बन्धित समाचार