Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के गठबन्धन टुट्न लागेकै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन भत्किनसक्ने संकेत गरेका छन्। अनेरास्ववियुको २३ औं महाधिवेशनको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले यस्तो संकेत गरेका हुन्। पाँचदलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्थामा रहेको उनले संकेत गरेका छन्। ‘पाँचदलीय गठबन्धन तोडेर अर्को सरकार बनाएको हौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने‘ ओलीले भने। संसदको बनावट नै अस्थिरताको कारक बनेको बताउँदै उनले स्थिरता र स्थायित्व हुन नदिने प्रयास भइरहेको जिकिर गरे। ‘बहुमत कसैको छैन। हामीसँग बहुमतभन्दा तल सिट छ। अनेक प्रकारका शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्,’ ओलीले भने। देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै उनले त्यस्तो डकैती हुन नदिन एमाले पाले बन्नुपर्ने अवस्था आएको उल्लेख गरे। ‘यो देश बर्बाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्, हामी सचेत हुनुपर्छ,’ उनले भने।