Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली सेनाको गरिमा र प्रतिष्ठा हिजो जस्तो छैन । जब सेनाका जर्नेल कर्णेलसम्मका घरमा सैनिक जवानहरू बँधुवा मजदुर बनाइएको प्रसंग बाहिरियो तब सेनाभित्रको शोषणले संस्था बदनाम भयो । हिजो शान्ति सेनाबाट फर्कदा सिपाहीलाई चाँदि बोकाउने चलन थियो । भाद्र २४ काण्डले नेपाली सेनाको हैसियत देखियो । त्यो घटनाबारे भन्न र लाज छोप्न जे भने पनि हुन्छ तर सेना व्यापारी भयो । त्यो सत्य त्रिचन्द्र अस्पताललाई डिपार्टमेन्ट स्टोर बनाउँदै मासिक भाडा उठाउन दुई जना जर्नेल खटाएको कुरा सेनाबाट अवकाश पाएका डा. महेन्द्रजंग थापाले खुलासा गरेका छन् । सेना प्रमुख अशोक सिग्देल छन् । उनी त्यो पदमा नपुग्दै त्रिचन्द्र अस्पताल छाउनी सरेको हो । भन्छन्, सेनाको कल्याणकारी कोषको रकम जुन बैङ्कमा राखिएको छ ती बैङ्कमा बोर्ड सदस्य प्रधानसेनापति नै हुने व्यवस्था छ । उनले सेना प्रमुखको तलब भत्ता लिन्छन्, क्वार्टर प्रयोग गर्छन् । सैनिक ऐनको सुविधा लिएकै छन् । इतिहास बोकेको अस्पतालालई ब्यापारी कम्प्लेक्स बनाएको कुरामा डा. महेन्द्रको आक्रोश हो । नक्कली प्रमाणपत्रले बढुवा हुने चाकडीबाजको समूहलाई सेनाभित्रका गलत कुरा बाहिर आउँदा पच्दैन । मासिक ३५ लाख मेल्ट्रि अस्पतालको ब्यापारीक कम्प्लेक्सबाट प्रधानसेतापछिले खाने हो कि कल्याणकारी कोषमा त्यो जम्मा हुने हो ? कतै डा. थापा नै अलमलमा त परेनन् ? शंका छ । उनी त्यो पैसा सेनापतिले खान्छन् भन्छन् । रु ६ अर्बका एपिसी खरिद गर्दा सेनापतिको भागमा रु १ अर्ब ८० करोड परेको छ । उनी भन्छन्, ती एपिसीहरू सिराहामा थन्केका छन् । काँग्रेस, एमालेका रक्षामन्त्री र नेतालाई खरिद गरेर फौजदारी अपराधमा परेका सेनाले समेत पेन्सन पाउने व्यवस्था गरिएको छ । सैनिकले गरेका गल्ती अनुसार पेन्सनमा समेत विगतमा रोक लागेको थियो । सरकारले कोरोनाकालमा सेना अगाडि सारेर राज्य श्रोतमा लुट मच्चाउने अवसर दिँदा सेनाबाट निमित्त होल्डिङ सेन्टरका नाउमै रु २ अर्ब १६ करोड भ्रष्टाचार भएको कुरा डा. थापा बताउँछन् । कोराना कालमा ईश्वर पोखरेलले सकेको लुटेका हुन् । सिपाहीको पसिनाको रकममा प्रधानसेनापति र उनकै टिमले मच्चाएको लुटको विरोध गर्ने थापा सेनाभित्र विपरितलिंगी माथि हुने शोषण बढेको बताउँछन् । मानवता विरुद्धको अपराध सेनामा धेरै भएका छन् । जबकि राष्ट्रको सेवक त्यो सेना सुकुम्बासी वस्ती भत्काउँदा देखिन्छ । त्यहाँ सेना देखिनुको अर्थ के थियो ? सरकार पनि कस्तो हो ? जुन सरकारका प्रधानमन्त्री जेनजी आन्दोलनका अगुवा थिए । आफ्ना परमाधिपति तत्कालिन राजा बचाउन नसक्ने सेना त्यो बेला बदनाम थियो । माओवादी जनयुद्ध दबाउने नाउमा तत्कालिन राज्य दमन विरुद्ध बोले बापत कतिका सिउँदो पुछिए कति पीडित बने । अनुहारमा कालो पोतेर जनताका घरमा आतंक खडा गर्ने त्यो सेनाले शान्ति वार्तापछि आफ्नो शक्तिलाई पौरख ठानेकै हो । घर खानतलासीका नाउमा छोरी चेलीका गरगहना खोस्ने पनि त्यही छन् । घर विदामा जाँदा हातका दशैं औंलामा औंठी लगाउने त्यही थिए । भाद्र २४ मा सिंहदरबार राष्ट्रपति भवन संसद भवन सर्वोच्च अदालत जोगाउन नसक्ने त्यो शक्ति आर्थिक पक्षमा बढी विवादित बन्दैछ । तर नेतृत्वले आफ्नै दलाल पत्रकारहरू बोलाएर सत्य तथ्य छर्लङ्ग पार्न जरुरी ठानेकै छैन ।
२०८३ जेष्ठ १४
ताजा नेपाल
२०८३ जेष्ठ १४
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल