Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडाैं विश्वविद्यालयका उपकूलपति भुमिगत प्रोजेक्टको जालमा

बनेपा । राजा बिरेन्द्रले त्रिभुवन विश्व विद्यालय पछिको गुणस्तरिय शिक्षा दिलाउनका निम्ति धुदिखेलमा स्थापना गरिएको काण्माडौ विश्व विद्यालयलाई आफ्नै तर्फबाट अरबौ सहयोग गरे । सुरेश राज आचार्य जस्ता राजभक्त उपकुलपति भएको ठाँउमा आर्थिक सहयोग गर्न विरेन्द्रलाई सङ्कोच भएन । अहिले त्यहाँ पूराना माफियाहरुको चहल पहल बढेको छ । हिजो आफै रजिस्टार र ढिन पदमा कार्यरत रहदा भोला थापाले विश्व विद्यालय भित्रका माफियाहरुलाई कति खेलाए अब उनि जोगिन्छन् कसरी जनताले हेरिरहेको छ ।
शुरेस राज शर्मा मुकुन्द शर्मा दाजु भाइ हुन् । मनिस पाख्रेल उनीहरुका भान्जा हुन् । यी नै पोख्रेल अहिले के यू को आई टी विभाग प्रमुख छन् । यीनले विद्यालयहरुलाई आइ टी शिक्षाको निम्ति आवश्यक सामाग्री बिक्री गरीरहेका छन् । के यू को शैक्षिक सामाग्री भनेपछि भन्सार शुल्क मिनहा हुन्छ । यो गिरोहले के यू भित्र गरेको मनपरि बन्द गर्न उपकुलपति थापा सफल हुन्छन् वा हुदैनन् ?
जागिरको अवधि पूरा गरि उपदान र पेन्सन खाएका पूराना कर्मचारीलाइ यथावत राखेर शैक्षिक गुणस्तर बढ्ने अवस्था के यू मा छैन । स्थापनाको उदेश्य विपरीत के यू मा शिक्षा माफियाहरुले चलाएका प्रोजेक्ट बन्द नगर्ने हो भने अवस्था उस्तै हुनेछ । २६ वर्ष जागिर खाएर के यु मा प्रोजेक्ट चलाएका मनिष झा र कनैया झाको मात्र होइन कन्ट्रोलर थापाको पो्रजेक्ट समेत गोप्पे छन् । यही गिरोह हो मेडिकल माफीयाहरुलाई गुणस्तर हिन कलेज संचालन गर्न सम्बन्धन दिने पनि । के यू भित्रको आयास्रातका बारेमा बारम्बार प्रश्न उठ्नुको कारण व्यवस्थापकीय कमजोरी हो ।