Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनगढी । कैलालीमा एक जना १८ वर्षीया युवतीलाई सामूहिक जबरजस्ती करणी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१६ की १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय दुई किशोर रहेका छन् । उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो ।
जाहेरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो । प्रहरीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
पीडित युवतीको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमीसमेत रहेका छन् । घटना’दयगत थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
२०८३ जेष्ठ २६
ताजा नेपाल
२०८३ जेष्ठ २६
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल