Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कैलास सिरोहिया, कान्तिपुर भ्रम र वास्तविकता

पञ्चायतकालमा ४० जिल्लाको प्रमुख जिल्ला अधिकारी र भन्सारको निर्देशक बनेर भ्रष्टाचार गरेका गुल्मी मानकोटका हेमराज ज्ञवाली उनका छोरा विनोद ज्ञवाली र कैलाश शिरोहिया साथी थिए । यिनिहरूले श्याम गोयन्काको कान्तिपुर षड्यन्त्रपूर्बक आफ्नो कब्जामा लिए । यिनिहरूको साझेदारी व्यवसायको रूपमा नमस्ते कार्पेट थियोे, उक्त कार्पेटभित्र चरेस तस्करी गर्ने गरेको विषय बेला बेलामा सार्वजनिक हुने गरेको थियो । त्यो कालोधनलाई उनीहरूले कान्तिपुर मिडियाको आवरणमा सेतो अर्थात् वैधानिक बनाएको चर्चा व्यवसायिक वृत्तमा रहेकाहरूलाई जानकारी छ । तत्पश्चात नेपालविरुद्ध रअ र सिआइएका उच्चस्तरका जासुसहरू यस पत्रिकाको सम्पादक बन्न थाले । यहाँसम्म कि हुँदा–हुँदा कान्तिपुर र काठमाडौ पोस्टको सम्पादक नेपालको भारतीय दूतावासले पर्दाभित्रबाट नियुक्त गर्न थाल्यो । यिनको अहंकार सगरमाथा भन्दा अग्लियो । जब कुनै अमुक विदेशी शक्ति केन्द्रले कुनै मिडियाको सम्पादक नियुक्त गर्न दबाव दिन्छ र नियुक्त हुन्छ भने त्यस्तो मिडिया अर्थात् पत्रिका, टेलिभिजन, रेडियो, अनलाइनबाट सम्प्रेषण हुने समाचार, लेखहरू पनि सम्बन्धित शक्ति केन्द्रकै स्वार्थ अनुरूप सम्प्रेषण गरिन्छ ।
विभिन्न समयमा देशी विदेशी जासुसी शक्ति केन्द्रसँग आवद्ध रहेका कान्तिपुरका माफिया पत्रकारहरू अहिले विभिन्न अनलाइन, युटुब मार्फत नेपाल विरुद्ध जासुसी मिसनमा क्रियाशिल रहेका छन् । उनीहरूमध्ये केही अनलाइनमा देखिन्छन् भने केही युट्युब अन्तर्वार्ता पत्रकारका रूपमा प्रवेश गरिसकेका छन् । कान्तिपुरमा विभिन्न समयमा कार्यरत यस प्रकारका पत्रकारहरू जतिसुकै प्रेस स्वतन्त्रताको आवरणमा देखिए पनि ती स्वतन्त्र पत्रकार होइनन् । कुनै समय नेपाललाई भुटानी मोडलमा लैजाने विषयमा कान्तिपुरकै नेपाल साप्ताहिकमा राप्रपाका वर्तमान उपाध्यक्ष रविन्द्र मिश्रले मनुज चौधरीको छद्म नाममा स्तम्भ चलाएका थिए । यसैगरी नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङगद कटवालले अजयपीनाथको छद्म नाममा यसै नेपाल साप्ताहिकमा लेख्ने गर्दथे । त्यतिबेला उक्त साप्ताहिक म्यागेजिनको सम्पादक सुधिर शर्मा थिए । यसरी कान्तिपुरले विभिन्न शक्ति केन्द्रको आडमा नेपाललाई भारतको अधिनस्थ बनाउने विषयमा विचार सम्प्रेषण गर्नुले यस्तो मिडियाको उद्देश्य के हो भन्ने कुरा आफैंमा प्रष्ट छ । दरबार हत्याकाण्डको अर्कोदिन रअको योजनामा लेखिएको डा. बाबुराम भट्टराईको रेडिमेट लेख कान्तिपुरमा पठाइयो र २०५८ जेष्ठ २४ मा प्रकाशित गरिएको थियोे । भ्रमपूर्ण प्रपोगण्डा गरेकोले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले कान्तिपुरका निर्देशक कैलाश सिरोहिया, बिनोद ज्ञवाली र तत्कालीन सम्पादक युवराज घिमिरेलाई जेल हालियो । तर तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयको दवाबका कारण छोड्न बाध्य भएको कुरा त्यतिबेलै चर्चामा आएको थियो । अहिले पत्रकार युवराज घिमिरे देशसञ्चार डट कम चलाइरहनुभएको छ । नेपाल एकीकरण, नेपालको मौलिक धर्म सस्कृतीविरुद्ध कान्तिपुरनामक माफिया मिडिया र यहाँ कार्यरत पत्रकार बुद्धिजीवीहरूले जेहादनै चलाएका थिए । बम्बैको बेश्यालयमा चेलिहरू बिक्री गर्ने सुकिला मुकिला दलालहरू र यसप्रकारका नेपालका मिडियाका पत्रकार मा तात्विक भिन्नता छैन । पत्रकारिता आवरणको यो अपराधीक गिरोहको यथार्थता जनस्तरमा पर्दाफास हुनैपर्ने थियोे । युग बदलिएको छ । पापको घडा फुट्दैछ ।
१) बि.स.२०१९ सालमा जन्मिएका कैलाश सिरोहियाले २०३३/०३४ सालमा कसरी नेपाली नागरिकता पाए ? नेपाली कानुनअनुसार १६ बर्ष नपुगी नागरिकता पाइँदैन ।
२) एउटै नम्बरमा २ वटा नागरिकता जारी मिति र दिनेको दस्तखत नभएको नागरिकता कसरी मान्य हुन्छ ?
३) एउटै ब्यक्तिको २ वटा नागरिकता कसरी हुन्छ ?
४) एउटै ब्यक्तिको २ वटा नागरिकता नम्बर कसरी हुन्छ ? जवाफ छ ? कि लोकतान्त्रिक मुकुण्डो लगाएपछि जवाफ दिनुपर्दैन ?
भन्सारको डाइरेक्टर हुनुभन्दा पूर्व जनकपुरमा प्रमुख जिल्लाअधिकारी सि डि ओ बनेर गएका हेमराज ज्ञवालीले कैलाश सिरोहियाका बाबु घासिरामलाई नागरिकता दिएका थिए । उनका बाबुले काठको व्यवसाय गर्दथे । जनकपुरको शिरोहिया परिवारको काठमाडौ त्रिपुरेश्वरमा सेल्स सोरुम थियोे । कैलाश प्रसाद सिरोहियाको नागरिकता न ३९६९८८८६ हो अर्को नागरिकता न ३९६९८८८६ शिबजी शाह तेलिको हो । दुवै नागरिकताको नम्बर एउटै छ । नेपाल विरुद्ध खडा गरिएको कान्तिपुरका कैलाश सिरोहिया र बिनोद ज्ञवालीको असली धन्दा मिडियाको आडमा तस्करी हो । नमस्ते कार्पेट मार्फत चरेस तस्कर गर्ने शिरोहियाको कान्तिपुर देशीविदेशी जासुसहरूको खेल मैदान हो । यिनिहरूको मिडियामा भारतीय दूतावास र अमेरिकी दूतावासले समन्वय गरेर सम्पादक र प्रमुख बिट हेर्नेहरू नियुक्ति गर्दछ । उनीहरूले इन्डियन÷अमेरिकी मिसनमा समाचार, बिचार सम्प्रेषण गर्दछन् । यस प्रकारका मिडिया, पत्रकारहरूदेखि सावधान रहँदै यस प्रकारका मिडियाका समाचारहरूलाई त्यही रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

उप निर्वाचनले दिएको सन्देश
राजनीति बाहिर देखिने र भित्रीखेल फरक हुन्छ । हालै समपन्न उप निर्वाचनमा इलाममा चर्चित अभियन्ता दुर्गा प्रसाइले खुलेरै पहिचानबादीलाई भोट माग्नुभयो । यता राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीले निर्वाचन नहुँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई खादा ओढाएर तपाईंको बिजय निश्चित रैछ बधाई भनेर अग्रिम शुभकामना दिए । राप्रपाले एमालेलाई मत हाल्यो । बझाङमा एमाले उम्मेदवारले राप्रपाको मतले चुनाव जिते । एमालेमा युनिफिकेशन चर्चका एकनाथ ढकाल र राप्रपामा पस्टर बिनालामाको समायोजन यो उप निर्वाचनमा स्पष्ट रूपमा देखिन्छ । अरु फगत देखाउने दात मात्रै, चपाउने दात एउटै हो । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लडनु भएकै हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी ओलि बीच चुनावी सहकार्य खुल्ला रूपमै भएको हो । राजनीतिमा यो स्वभाविकनै होला तर एमालेका कथित युवा भनिने नेपाल प्रहरीको गुप्तचर बिभाग र नेपाली सेनाको जासुसी मिसनमा जोडिएका एनजीओ÷आइएनजिओका दलालहरूले धेरै अग्रगमन, लोकतन्त्र, जबज, परिबर्तन, आदि शब्दावली घोकेर क्रान्तिकारी बन्न खोजेको देख्दा उदेक लाग्छ । एमालेका बुद्धिजीवी पत्रकार, साहित्यकार हरूले कमरेड कोमल ओलिबाट राम्रोसँग वैचारिक क्लास लिन आवश्यक छ ।
नयाँ खरानी घसेका राप्रपाका केटाहरूलाई राप्रपा बुझ्न त्यति सजिलो छैन । दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ मा दिपेन्द्र कि प्रेमिकाको रूपमा चर्चित देवयानी राणाका बाबु अन्तिम राणा प्रधानमन्त्री मोहनशमसेरका नाति पशुपतिशमशेर राणा, शाह राजाहरूसँग बदला लिन राप्रपामै छन् । त्यो पार्टी राजाबादी कि रअ÷सिआइएबादी आफैं बुझनुस् । कहिले ओलि, कहिले देउवा कहिले प्रचण्डको सरकारमा सामेल राप्रपा काङ्ग्रेस, एमाले, माओवादी जस्तै पार्टी हो । अरु फगत भ्रम मात्रै हो । बिपि कोइरालालाई आदर्श मान्ने राप्रपा र अन्य दलमा तात्विक भिन्नता छैन । बि.स. २०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि हुँदा लाइन लागेर मत हाल्ने तत्कालीन प्रराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी, तत्कालीन जलस्रोत मन्त्री पशुपतिशमशेर जबरा राष्ट्रवाद र महाकाली सन्धिबाट १ खर्ब २० अर्ब आम्दानी हुन्छ भन्ने केपी ओलिको बहुदलीय जनवाद उस्तै हो । यो युग कन्स्पिरेन्सी थ्यौरी सिद्धान्तबाट भ्रम दिन्छु भन्ने युग होईन ।
राप्रपा भन्ने गिरोह काँग्रेस एमाले माओवादी भन्दा खतरनाक देशद्रोही गिरोह हो । किनभने देखिएको फटाहासँग तपाईं सचेत हुनुहुन्छ तर छद्मले एम्बुसमा पार्न सक्छ । यो छद्म गिरोह हो । अहिलेको नेपाली राजनीति टकराव भुराजनितीसँग जोडिएको छ । दलको लडाइँ मात्रै होईन । इन्डो÷पश्चिमा र चीन÷ रुस ध्रुव टकराइरहेको छ, जसरी सिरिया, टर्की, युक्रेन मा टकराइरहेको अवस्था छ । यो स्थितिमा नेपालको सेना इन्डो÷अमेरिकी अनुचरहरूकै नियन्त्रणमा रहेकोले चिनियाँहरू बामपंथी ध्रुवीकरण साथ बामपंथी भित्रका अति इन्डो÷ पश्चिमाहरूलाई नियन्त्रण गर्दै बिआरआइ, ब्यापार पारवहन सम्झौता कार्यान्वयनको चरणमा छन । भुराजनीति टकरावमा बिस्थापित राजतन्त्रको स्पेस कम्बोडिया या लाओस मोडेलमा बामपंथी फ्रेमवर्क वरिपरि टकराइरहेको अवस्थामा राप्रपानामक झुन्डको अलग्गै अस्तित्व छैन । नत बेबि किङ, कल्चरल किङ, संबैधानिक राजतन्त्र २०४७ को संविधान पुनः स्थापनाको कुनै औचित्य रहन्छ । यदि सेनाले राजा महेन्द्रलाई जस्तै ज्ञानेन्द्रलाइ जिम्मेवारी दिन सक्तैन भने अबको मार्ग बामपंथी ध्रुवीकरण सहितको कम्बोडिया या लाओस मोडल हो । एमालेका सेना र प्रहरीका जागिरे युवा नेताहरूले भनेजस्तो काँग्रेस ÷ एमाले २ पार्टी मोडेलमा नेपाल जान सक्तैन भू–राजनीतिमा चीन÷ रुस ध्रुबपनि मैदानमै छन । यश अर्थमा यो उपनिर्बाचनमा उसले एमालेलाई गरेको सहयोग अन्यथा होईन । सबैलाई चेतना भया ।