Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीका संस्थापक स्व बीपीकै सन्तान भए बापत डा. शशांक गिरिजाको सन्तान भएबापत सुजाताले पाएको क्रेज नोना पुत्र डा. शेखरको भएन । कोइराला परिवारको प्रतिष्ठामा घात गर्दा आफ्नो स्वार्थ सुजाताले देश लुटिन । पररारष्ट्रमन्त्री बन्दा ज्वाइँ रुबेल चौधरीमार्फत् दूरसञ्चारको प्राविधिक पक्षको दोहन मात्र गरिनन् परराष्ट्र मन्त्रालयबाट पासपोर्टका बण्डल हराउनसम्म प्रगति गरिन् । काँग्रेसी चिनाउन यस्ता गहनाका अगाडि काँग्रेसलाई काँग्रेस जस्तो होस् भन्ने डा. शेखरका कुरा बल्ल मुलुक लुटेर कुम्भकर्ण बनेको संस्थापनले सुन्दैछ । अब काँग्रेस जनता खेती किसानमा जुटेपछि गाउँको नाममा जिल्ला सदरमुकामा बसेर मस्ती गर्नेहरूसम्म पुग्ने भनेको छ । पूर्व मण्डलेहरूले संघीयता खारेज, हिन्दू धर्म र संवैधानिक राजाको माग गर्दै राजधानीमा सरकारलाई आतंकित पार्न थालेपछि काँग्रेसले जिल्ला र गाउँ सम्झेको हो । डा. शशांक जस्तो नालायकल सुजाता जस्तो भ्रष्टले लोकतन्त्र विधिको शासन, कानुनी राजको धज्जी उडाए । अहिले शशांक पर्यटकीय भिसामा नेपाली युवा बेच्ने मानव तस्कर गृहमन्त्री रमेश लेखकको पक्षमा छन् । ऊर्जामन्त्री दिपक खड्काको लुट्मा शशांक सहभागी छन् । गृहमन्त्रीलाई छानविनको लागि मार्ग प्रशस्त गर्न डा. शेखरलेमात्र होइन काँग्रेसभित्रै लुच्चो सांसदका रुपमा चिनिएका राजेन्द्र बजगाई, डा. सुनिल शर्माको स्वर मिल्छ । महामन्त्री गगन थापा भाउजुको सेवक हुँदा सहकारी ठग र भिजिट भिसा प्रकरणसँगै नक्कली भुटानी शरणार्थी प्रकरणको अपराधले कहिले गृहमन्त्रीलाई डाम्छ पर्खनै पर्छ । कोइराला वंशका डा. शशांकको हैसियत राजेन्द्र बजगाईले देखाए । बीपी पुत्रले यो देशको हित गर्नै परेन । नकि उनका विश्वासपात्र दिपक खड्काको अपराधको छानविन गर्नै परेन । पार्टी कार्यकर्ता र जनताको अगाडि पार्टीकै कुरा राखे र विगतदेखि नेतृत्वलाई घचघच्याउन देश दौडाहामा लागेका शेखर फेरि जनताका बीचमा जाँदैछन् । राजावादीहरूले गणतन्त्रका नाउमा लुटिरहेकाहरूको धतुरो झार्दा बल्ल भाउजुको टोली झस्केको हो, अमेरिकी राष्ट्रपति ट्रम्पले २० अर्ब डलर नेपालको लागि खर्चेर उपलब्धी हासिल भएन भन्नु पनि लोकतन्त्रमा रजाई गरेका काँग्रेस, एमाले, माओवादीका लागि लाजै हो । भष्मासुरहरूलाई जति भए पनि पुग्दैन । त्यही कारण बेथितिको विरोध तिनलाई पच्दैन डा. शेखरको सडक यही चम्केको हो । चुनाव बाहेक जनता खोज्न नजाने काँग्रेसलाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सकस आउन सक्छ । एमाले समेत जोडिएको मिजिट भिसा र नक्कली शरणार्थी काण्डले देशको दुर्गन्ध विश्व बजारमा फैलाइदिएको छ ।
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल