Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । वीपि पूत्र भएर पनि डा. शशाङ्कले काँग्रेस धान्दैनन् । गिरिजा पूत्री भएर बारम्बार सांसद बनाइए पनि सुजातासँग धैयर्ता छैन । कुन विषयमा के बोल्ने नेपालले वैदेशीक सम्बन्ध कस्तो बनाउने यीनमा पत्तो छैन । देश डूलेको कार्यकर्ता बिच फाटो भएपनि मिलाउने र काँग्रेसलाई गुट होइन पार्टी बलियो बनाउने हिक्मतका साथ लैजानुपर्छ भन्ने मान्यतामा एकनासले खटेका डा. शेखर कोईरालालाई काँग्रेसको युवा पुस्ताले बोक्ने भएको छ ।
सभापति पदमा उठ्ने बताए पनि तेस्रो धारका नेता कृष्ण प्रसाद सिटौलाले आफ्नो टीम बनाउने भन्दै गर्दा उनीसँग युवा नेता गगन थापा फुत्केका छन् । यस पटक वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोलीको राष्ट्रपतिका रुपमा अगाडि सार्न डा. शेखर पक्ष राजी छ । तर प्रम एवं पार्टी सभापति शेर बहादुर देउवाले मुख खोलेका छैनन् । उनलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्ने रहर छ । सानो चित्त हुँदा पौडेलका लागि खट्ने घटेका छन् । उनले सरकारी संयन्त्रमा बसेपछि प्रकाशमान सिहं बिच्कीएका हुन् ।
त्यही कारण पौडेललाई प्रकाशमान सिहंले त्यागेका छन् । अर्जून नरसिहं केसी डा. रामशरण महतहरुको मौनता छदैछ । देउवाका निकट मानिएका विमलेन्द्र निधि गोपालमान श्रेष्ठ कल्याण गुरुङ्ग कस्को भोट काटन र कसलाई जिताउन उम्मेद्वार हुदैछन् खुल्न बाँकी छ । कृष्ण सिटौलाले टीम बनाउने डा. शेखरलाई एक दर्जन युवाहरुले अगाडि सार्ने, कोईराला परिवार एक ठाँउमा हुने भएपछि काँग्रेसमा ४ जना सभापतिका दावेदार हुने निश्चित छ । उता डा. कोईरालाको टीममा प्रदेशीक तहले पनि युवा पंक्ति जोडिएको छ । तर सत्ताका अगाडि पद र पैसाको खेलो फड्को राम्रै हुने अवस्था छ ।
गगनथापा चन्द्रभण्डारी, वद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाँइ जीवन परियार, धनराज गुरुङ्ग, रामकृष्ण यादव, किरण यादव, कानून मन्त्री दिलेन्द्र बडु, सांसद अमरेश कुमार सिहंको मोर्चा एक ठाँउमा छ । संस्थापनको नाताले सभापति शेरबहादुर देउवालाई सघाउने टीम यसरी मोर्चागत रुपमा आएको छैन । निर्वाचनमा भिड्ने डा. शेखर र देउवा बीचमै कडा प्रतिस्पर्धा हुने विश्वास गरिदै छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल