Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा भएको अन्तरघातमा मुख्यमन्त्री केदार कार्की र उनको समूह दोषी ठहर भएको छ । एमालेले आफ्ना उम्मेदवार जिताउन मुख्यमन्त्री कार्कीका ेसाथ पाए जस्तै राप्रपाका उद्दव पौडेललाई मत मागेन । माओवादीप्रति काँग्रेसको डा. शेखर समूह नै बाम्बार खुलेर लागिरहेको छ । ०७४ मा काँग्रेसलाई वापमन्थी गठबन्धनले धुलो चटाउँदा कोशीमा काँग्रेसको अवस्था नाजुक थियो । कोइराला वंशको दाश बनेका मुख्यमन्त्री कार्कीलाई एमालेको आडमा मुख्यमन्त्री बनाएर डा. शेखरले काँग्रेसभित्रको असन्तुष्टि जाहेर गराए । डा. शेखर पनि सामूहिकतामा भन्दा सानो झुण्डमा रमाएका नेता हुन् । उनले आफैंले पाएको चार जना मन्त्रीमा ३ जनाको नाम सभापतिलाई पठाएर महामन्त्री गगनले मन्त्रीका लागि सिफारिश गरेका प्रदीप पौडेललाई अगाडि बढाएनन् । पौडेल कृष्ण सिटौला पक्षका थिए । उनको नाउ गएको भए सभापतिले अस्वीकार गर्ने अवस्था थिएन । मन्त्रिपरिषद् विस्तारदेखिनै काँग्रेसमा चरम असन्तुष्टि थियो । सत्ता गठबन्धनबाट राष्ट्रियसभामा उम्मेदवार बनाउँदा शेखर पक्षले कोशीमा डा. मिनेन्द्र रिजाललाई अगाडि सार्दै थियो । तर भागवण्डामा माओवादीले १, काँग्रेसले १ सिट बाँड्ने सहमति भएअनुसार उम्मेदवार तोकिए तर मुख्यमन्त्री केदार कार्कीबाट अन्तरघात भयो त्यो सत्य बालुवाटारको पहिलो समिक्षामा स्वीकार्न काँग्रेस बाध्य भयो । कोशीमा कृष्ण सिटौलामाथि पनि घात हुन्थ्यो भने डा. शेखर कोइराला, केदार कार्की, डा. मिनेन्द्र रिजालसम्मलाई काँग्रेसले कारबाही गर्ने ठाउँ थियो । पार्टीको अनुशासनको कुरा गर्ने डा. शेखर समूहका बारेमा सत्ता गठबन्ध्नमा मन्त्रीपरिषद् फेरबदल हुँदा सोच्नु पर्ने भएको छ । सरकारमा बस्ने, सरकारकै विरोध गर्ने सिके राउत जस्ता अराजकका बारेमा पनि सत्ता गठबन्धनभित्र छलफल भएको छ ।
यस पटक प्रचण्ड सरकारले कालो बजार नियन्त्रणमा चासो दिएन । भ्रष्टाचार नीतिगत तहमा केपी कालमा जस्तो थियो त्यस्तै छ । प्रधानमन्त्रीका हरेक निर्देशन कार्यान्वयन नगर्ने अर्थ, स्वास्थ्य, परराष्ट्रमन्त्रीनै लोकप्रिय भएका छन् । सरकारलाई सरकार जस्तो बनाएर सञ्चालन गर्ने धोको प्रमको छ । तर मन्त्रीहरू भ्रष्ट भए । सरकारले बेथिति विरुद्धको कारबाही चलाउन खोज्दा रोक्ने काम एमालेका अध्यक्ष केपी ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । काँग्रेसीहरू मुखले भ्रष्टाचार नियन्त्रण भन्छन् व्यवहारमा नक्कली भुटानी प्रकरणसँग जोडिएका आफ्ना सहयात्रीहरूको कुकर्म जोगाउँछन् भन्ने कुरा बालकृष्ण खाँण, मञ्जु खाँण, डा. आरजु देउवालाई कानुनी कारबाही गर्न चाहँदैनन् भन्ने कुरा छर्लङ्ग छ । काँग्रेसकै कारण एमालेका अध्यक्ष केपी ओलीका स्वकीय सचिव, राधिका शाक्यको मानव सेवा संघ पनि जोगिए । यो सत्य बुझेका डा. शेखरले पार्टीभित्रको तुषलाई कोशी प्रदेशमा छताछुल्ल बनाएर पार्टी संस्थापनलाई अल्मल्याएका छन् । डा. शेखर कोशीमा आफैं स्थापित बन्न कोइराला वंशको लिगेसी राख्न चाहन्छन् । तर त्यहाँ झापाका कृष्ण सिटौला अगाडि आउँदा शेखरलाई छटपटी भयो । झापाका उद्दव थापाले २ पटक मुख्यमन्त्री बन्दा विश्वासको मत नपाएपछि काँग्रेसले डा. शेखर पक्षलाई ठाउँ दिएन बरु माओवादीलाई मुख्यमन्त्री दियो । माओवादीले सभामुख त्याग्यो । गठबन्धन बलियो होस् भन्दै आफूले पाएको समितिलाई राप्रपा, जसपासम्मलाई दियो । त्यो सदासयतालाई डा. शेखर गुटले कमजोरी ठान्यो र राष्ट्रियसभामा घात गरेको छ । सत्ता गठबन्धनभित्रको एकताले डा. शेखर समूहलाई घातीकै रुपमा परिचित गराएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल