Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोखामा छेडेर घाइते बनाएपछि टिपरले किचेर दिलीपकाे हत्या

काठमाडौं । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका प्रहरीले सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि छातीमा गहिरो चोट लगाएको देखिएको छ। धनुषा प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी महतोलाई ना७ख ६४१३ नम्बरको टिपरले किच्नुअघि कोखामा घोचेको घाउ फेला परेको जनाएको हो। प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार महतोको दाहिने छातीको कोखा छेडिएको छ।

यसकारण महतोको त्यसैबेला मृत्यु भइसकेको थियो भन्ने आशंका बलियो बन्दै गएको बस्नेतले बताए। पत्रकार सम्मलेन गर्दै प्रहरीले हत्यामा संलग्न आरोपमा पक्राउ परेका धनुषाका मिथिला नगरपालिका– ५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर– ९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर– २ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई सार्वजनिक गरेको छ।
बस्नेतका अनुसार पक्राउ परेकाले महतोलाई खोलामा सुताएर टिपरले किच्नुअघि घाइते बनाएको स्वीकार गरेका छन्। ‘उनीहरूले सुरूमा कोखामा घोचेको स्वीकार गरिसकेका छन्,’ उनले भने।

औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लागिरहेका बेला महतोले पटक–पटक रोक्न खोजेका थिए। सोही विषयमा शुक्रबार महतोको हत्या गरिएको थियो। पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल