Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । डा. सुन्दरमणि दिक्षित खुब समाजसेवाको बखान गर्छन् । स्व. मनमोहनका चिकित्सक यिनको परिवारका कनकमणि दिक्षितको राज्य लुटले यो देशका केपी ओलीको धतुरे मानवअधिकार कर्मी र काँग्रेसको नाममा फाइदा लिने कपिल श्रेष्ठहरू सक्रिय हुन्छन् । अहिले काँग्रेस, एमाले मिलेर नक्कली भुटानी शरणार्थी फाइल र गिरिबन्धुको फाइल दबाए । सुन्दरमणि र कनकमणि हेरेको हेरै छन् । पढेलेखेका त्रिविविका प्रोफेसर र डाक्टरले समाज बिगारेका हुन् । आफू त्रिविविमा पढाउने निजी कलेज चलाउने सरकारी अस्पतालको डाक्टर हुने नर्सिङहोम र निजी अस्पताल चलाउने आफू इञ्जिनियरिङ कलेजमा पढाउने नक्सा बनाउने कन्सल्टेन्सी र निर्माण कम्पनी खोल्ने, मन्त्री बन्ने भएपछि देश कसरी बन्छ ? जनताको पैसा संकलन गर्न सहकारी खोल्यो आफू राजनीति ग¥यो । वीर अस्पतालको डाक्टर नर्सिङ होम खोल्छ भने धान रोपेर कोदो फलाए जस्तै हो । निष्ठाका चर्का कुरा गर्ने मोहन विक्रम सिंह, मोहन वैद्य मात्र होइनन् सिद्धान्तका कुरा गर्ने डा. बाबुरामको समेत हैसियत कनकमणिहरूको भण्डाफोरले बेपत्ता बनाएको छ । नेपाल बिग्रेको कारण नेता भ्रष्ट हुनु हो । नीति भनेकै घुस खाने भएकाले शिक्षण संस्था बिग्रिए । सरकारी अस्पताल बधशाला बन्न पुगे, डाक्टरले बिरामी हेर्दैन दलका नेताको आदेश खोज्छ । मानवीय चेतना गुमाउँदै जाँदा देशको मुल लक्ष्य नै सरकार ६÷६ महिनामा फेर्ने अभियान चलेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, जनताको नैसर्गिक अधिकारलाई कुल्चँदै अगाडि बढ्ने संस्कार सधैं टिक्न सक्दैन । राजनीति मियो ठिक थियो भने मानवअधिकारका नाममा ठेकेदारहरूले नै दल पिच्छे फरक फरक व्याख्या गर्न सक्दैनन् । काँग्रेसको मानवअधिकार चरण प्रसाई र कृष्ण पहाडी, कपिल श्रेष्ठ, एमालेको मानव अधिकार सुशिल प्याकुरेल, अग्नि खरेलकै व्याख्या कुर्नु पर्दैन । यिनले माओवादीलाई सधैंको आतंककारी देख्छन् भने धर्म प्रसाद ढकालका हत्यारा र मित्रमणि आचार्यका हत्यारालाई लोकतन्त्रवादी ठान्छन् । व्यवस्था परिवर्तन जसले आन्दोलन गर्दा भयो त्यसको ब्याज खानेहरूलाई यो समय पेशा र मर्यादा लत्याएर जनतामाथि शोषण गर्नपाए भएकै छ । जो जहाँ छ त्यसले पेशागत कुरामा ध्यान दिएको भए लोकतन्त्र, गणतन्माथि प्रश्न उठ्ने थिएन । जनताका कुरा नसुन्ने प्रम केपीको प्रवचनलाई मात्रै शिरमा लिने एमाले जनले कालो बजार नियन्त्रण, महंगी नियन्त्रण, भ्रष्टाचारको अन्त्य कसरी गरिन्छ त्यसतर्फ जन परिचालन गरे पुग्छ । ठूलो दलको नाताले काँग्रेस र एमालेको सत्ता मिलाप केबल स्वार्थको खिचडी मात्र बन्दैछ । सुधारको छेकछन्द कतै छैन । जनतामा उत्साह पनि छैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल