Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिडका कारण माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो ।

‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको छ’, माओवादीको केन्द्रीय कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘कुनै कारणबस सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाइदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ।’

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक भने स्वास्थ्य मापदण्ड पालना शनिबार बिहान बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको हो।


सम्बन्धित समाचार