Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिडको दोश्रो भेरियन्ट र राज्यको दायित्व

  • आशा भुषाल, अभिनेत्री

चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ अहिले बिश्वको चुनौती बनेको छ । कोभिड १९ को प्रभाव नरहेको कुनै देश छैन । बिश्वलाई नै आतंकित बनाउने यो भाइरस यसरी फैलिएर दुनियाँलाई नै कालको मुखमा लैजाला भन्ने कसैले सोचेको पनि थिएन । पहिलो चरणको संक्रमण मत्थर नहुँदै बिश्वब्यापी रुपमा यसको दोश्रो भेरियन्ट समेत आइसकेको छ । पहिलो भाइरस भन्दा ५० प्रतिशत बडि खतरनाक यो भाईरसले अझै डरलाग्दो अवस्था सृर्जना गरेको छ । यसको स्वभाव र प्रभाव बारे बिश्वका अनुसन्धान कर्ताहरु अझै एकिन हुन सकेका छैनन् । यसको निराकरण परको कुरा हो । यसले मानव जीवनलाई अझ, जटिल बनाउँदै लगिरहेको छ ।

जन्मजात यसले आफुलाई परिवर्तन गर्दै गरेकोले यसको समुल नष्ट कहिले हुन्छ भन्ने बारेमा बिज्ञहरुको चिन्ता रहेको छ । सार्स कोभिड अन्तरगत म्युटेड भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक हालसम्म भेटिएको छैन । प्रत्येक लहरमा घातक बन्दै आएको यस्ता भेरियन्टहरु माथि अनुसन्धान भइरहेको छ । बिज्ञहरुका अनुसार अहिले नेपालमा देखिएको कोभिड १९ को भेरियन्ट बि. १.६१७.२ हो ।
जीवको प्ररिक्षण गर्दा यो भाइरस निकै संक्रमण रहेको पाइएको छ । यो भाइरस भारत हुँदै नेपाल प्रवेश गरेको देखिन्छ । बिश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अर्थात घातक भाइरसको सूचिमा राखेको छ । भारतमा महामारीको रुप लिइरहेको यो भेरियन्ट नेपाल प्रवेश गरेपछि नेपालमा हाहाकार र चित्कारको बातावरण बन्दै गइरहेको छ । झन प्रबिधिको विकाशसंगै मौलाएको सामाजिक संजालमा आफ्ना आफन्तहरुको निधनका तस्बीरहरु पोष्ट गरि हार्दिक श्रध्दाञ्जली दिने परिपाटीले घरघरमा डर र परिवारमा निराशा बढाएको छ । यसका साथै कतिपय ब्यक्तिहरु आफुलाई यसको बिज्ञ रहेको आस्वास्त पार्दै अनेकन उपायहरु लगायतका अन्टसन्ट समाचारले रोग भन्दा पनि बढी हानी गर्दै आएको छ । कमजोर आत्मवल भएका मानिसलाई यसले नराम्रो प्रभाव पार्दै गएको छ ।

संक्रमण फैलिएका अन्य मुलुकमा सरकार कसरी रणनैतिक रुपमा अघिबढ्यो र जनतालाई आस्वस्त पार्न सक्यो त्यो उनिहरुको कुरा हो तर नेपालमा सरकारले यसलाई गम्भिर रुपमा नलिएको प्रष्ट देखिन्छ । पहिलो चरणको संक्रमणबाट जनतालाई जोगाउन तिनै तहका सरकार सक्रिय रुपमा लागि आइसोलेसन सेन्टर अस्थाइ अस्पताल निर्माण तथा कन्ट्याक टेसिङ्ग मार्फत संक्रमितको पहिचान र नियन्त्रणमा सजग रहेको देखिएको थियो तर दोश्रो भेरियन्टको प्रवेश पछि सरकारले कुनै पनि कदम चाल्न सकेन, पहिले निर्माण भएका आइसोलेसन सेन्टर, अस्थाइ अस्पताल सबै बन्द छन् र कन्ट्याक ट्रेसिङ्ग लगायतका काम सबै ठप्पछन् । यस अघि कुनै गतिबिधि नगरेको सरकार अहिले स्वास्थ्य आपतकाल घोषणा गर्ने प्रयासमा रहेको छ । यसको लागि सरकारले केही दिन अघि मात्रै कोभिड १९ संकट ब्यबस्थापन अध्यादेश २०७८ जारी गरेको छ । यसलाई कार्यन्वयन गर्ने निस्कर्ष सहित स्वास्थ्य मन्त्रालयले आपतकाल सम्बन्धि मापदण्डको मस्यौदा अर्थ मन्त्रालयमा पठाइ सकेको छ । तर यसले दीर्घकालिन समाधान दिन्छ या दिदैन समयले नै देखाउने छ ।

राजधानी काठमाडौं लगायतका शहरमा अहिले अक्सिजन, आईसियु, एचदियुसंगै भेन्टिलेटरको समेत अभाब रहेको छ । अस्पतालमा बिमारीको चाप अत्याधिक रहेको छ । यसलाई मध्यनजर गर्दै बैशाख १६ गते देखि निषेधाज्ञाको सूरुवात गरेको छ । पहिलो चरणमा १५ दिनको समय सिमा दिएर गरिएको निषेधाज्ञाको अबधी आगामी जेष्ठ २५ गतेसम्म थप गरिएको छ । यसले सबै भन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने प्राइभेट कम्पनिहरुमा काम गर्ने मजदुर तथा श्रमिक बर्गहरुलाई नराम्रो प्रभाव पारेको छ । यसका अलवा सानो काम र ब्यवसाय गर्ने ब्यक्ति र उनिहरुको परिवार पनि बिचल्लीमा परेका छन् । सरकार उनिहरुको बचाउका लागि जिम्मेवार नबनेको प्रष्ट छ यसले राज्य प्रति जनताको बिश्वास घट्ने र नेतृत्व प्रति घृणा फैलने देखिन्छ ।

राज्यले चाल्नु पर्ने कदमः

१. सरकारले सबै भन्दा बढी प्रभावमा परेका श्रमिक बर्गहरु, मजदुर बर्गहरुको संरक्षणको लागि गास र औषधीको प्रबन्ध गर्नु पर्छ ।

२. जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, अति बिपन्न र निम्न स्तरका जनता तथा उनिहरुको पहिचान गरि बजेट बिनियोज गर्नु पर्दछ ।

३. साना तथा नाङ्ला ब्यवसायिहरुको संरक्षण एवं उत्साह बढाउन ब्यवसायको स्तर हेरी अनुदान वा न्युनतम ब्याजमा ऋण प्रवाह गर्ने घोषणा गर्नु पर्दछ ।

४. यसका अलवा सरकारले प्रत्येक नागरिकहरुलाई निःशुल्क स्वास्थ्य प्ररिक्षण र खोपको ब्यवस्था गरि उनिहरुमा उत्साह बढाउनु पर्ने छ ।

यी बाहेकका कदमहरु चाहे लकडाउन होस चाहे स्वास्थ्य संकटकाल यसबाट संक्रमण नियन्त्रण हुने देखिदैन । यसर्थ सरकारले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ । जनता संक्रमण प्रति संवेदनशिल छैनन् भनिएपछि उनिहरु संत्रस्त छन् र सचेत पनि छन् । समाजमा एकाध ब्यक्तिहरु नकारात्मक सोंच राख्ने र अफवाह फैलाउन उध्दत छन् तर संक्रमण भनेको संक्रमण नै हो । दिन दिनै मानिसहरुले ज्यान गुमाइरहेको समाचारलाई हल्का रुपमा न त सरकार न त जनता कसैले पनि बुझ्नु हुँदैन । बाँचे संसार देखिन्छ म जनतालाई भन्न चाहन्छु तपाई राज्यप्रति, समाज प्रति, परिवार प्रति र स्वयं आफैप्रति जिम्मेवार रहन जरुरी छ । उक्साहटले फाइदा होइन नोक्सानमात्रै गर्दछ । यसतर्फ सचेत भई ब्यवहार गर्दै जान म सम्पुर्णलाई आग्रह गर्दछु ।


सम्बन्धित समाचार