Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पर्सा । स्वास्थ्य कार्यालय र नारायणी अस्पताल विकास समितिले ६६ जना चिकित्सक सहितका स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको माग गरेका छन् । अस्पताल विकास समितिले मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स २० जना र अक्सिजन सिलिण्डर पोर्टर ९ जना माग गरेको हो । चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने कार्यविधि २०७६ को अधिनमा रही कोभिड विरामीको उपचारका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीको माग गरिएको अस्पताल विकास समितिले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड–१९ संक्रमितको उपचार तथा पीसीआर ल्याबमा काम गरेको अनुभवीलाई प्राथमिकता दिनेगरी ३ महिनाको करार सेवाक लागि कर्मचारी माग गरिएको निमित्ति मेडिकल सुपरीटेन्डेन्ट डाक्टर एनामुल हकले जानकारी दिएका छन् । सूचनामा तीन दिन भित्र आवेदन दिइसक्न भनिएको छ । विरामी अनुसार नर्सिङ स्टाफ एकदमै कम छ, ३ जना नर्सले ५० जना गम्भिर विरामी हेर्नुपरिरहेको छ । मृत्युदर घटाउन जनशक्ति आवश्यक देख्यौं ।’ निमित्त मेसु हकले भने थप कर्मचारी भर्ना भएपछि विरामीलाई कुरुवाले हेर्नु नपर्ने अवस्था आउँछ ।
अस्पतालकै दरबन्दी खाली छ । दरबन्दीको प्रक्रियामा जाँदा लामो समय लाग्ने आपतकालिन अवस्थाका लागि ३ महिने करार सेवामा कर्मचारी भर्ना गर्दैछौं । कर्मचारीसगै अक्सिजन पाईपलाईन अत्यावश्यक रहेको संक्रमितको उपचारमा खटिएका एक स्वास्थ्यकर्मी भन्छन् । विरामी कुरुवालाई अक्सिजन सकिएर मेरो मान्छे मर्ने हो कि भन्ने चिन्ता छ । अक्सिजन पाईपलाईन मात्रै हुँदा धेरै सजिलो हुन्छ । प्रदेश सरकारको निर्देशन अनुसार स्वास्थ्य कार्यालय पर्साले पनि नारायणी अस्पताल र पोखरिया अस्पतालका लागि चिकित्सक सहितका स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको माग गरेको छ ।
नारायणी अस्पतालका लागि १९ र पोखरिया अस्पतालका लागि १३ जना कर्मचारी माग गरिएको हो । नारायणी अस्पतालका लागि कन्सल्टेन्ट एनेस्थेसिया १ जना, मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स र पारामेडिक्स ८ जना, एनेस्थिेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिष्ट र ल्याब असिस्टेन्ट १/१ जना र स्वीपर २ जना माग गरिएको छ । यस्तै पोखरिया अस्पतालका लागि मेडिकल अधिकृत डाक्टर २ जना, स्टाफ नर्स ६ जना, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट, ल्याब असिस्टेन्ट १/१ जना र स्वीपर २ जना माग गरेको छ । पोखरिया अस्पतालमा २५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा छ । अक्सिजन आवश्यक पर्ने ७ जना कोरोना संक्रमित उपचाररत छन् ।
सोमबार प्रकाशित सूचनामा कोभिड– १९ महामारी नियन्त्रण तथा संक्रमित विरामीको उचित तथा प्रभावकारी उपचार व्यवस्थापनका लागि कर्मचारी सेवा करारमा लिन लागिएको उल्लेख छ ।यसअघि प्रदेश सरकारले नारायणी अस्पतालका लागि पठाएका ८ जना स्टाफ नर्स मध्ये अझै २ जना अस्पतालमा हाजिर भएका छैनन् । सोमबार मात्रै नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९५ जनामा संक्रमण पुष्टी भएको छ । जसमा पर्साका ५८ जना, बाराका २१ जना, ९ जना रौतहट र सर्लाहीका ७ जना छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल