Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । इपीएस कोरियाले गयराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।