Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं । कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ । अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ ।
केही समय अघि चीनको हुबे प्रान्तको बुहान शहरबाट कोरोनाका भाइरसको संक्मण शुरु भइ विश्वका विभिन्न देशहरुमा फैलिएको छ । कोरियामा पनि सिमित संख्यामा कोरोना भाइसरको संक्रमण देखिएको केही दिन अघिबाट यो फैलिँदै गएको विज्ञप्तिमा जनाइएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरुमा जनाइए अनुसार फागनु १० गतेसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या चार सय नाघिसकेको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल