Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सैनिक शासन मार्शल कानुन लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागरेका हुन् । उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव दर्ता भएको थियो । उनले त्यसलाई स्वीकार गर्दै मार्शल कानुन खारेज गर्दै सेनालाई फिर्ता गरेका थिए । यो प्रक्रियामा मैले नागरिकहरूलाई धेरै असुविधा दिएँ र डराउनुभयो होला, असफल प्रयासपछि उनले भनेका छन्, यसको बारेमा दुख व्यक्त गर्दै भित्री ह्रदयदेखि माफी माग्छु । माफी माग्दै उनले यसपछिका दिनमा आफूले यो कानुन लागू नगर्ने वाचा पनि गरेका छन् । उनले भनेका छन्, ‘म यहाँहरूलाई आश्वस्थ पार्न चाहन्छु, यो कानुन दोस्रो पटक लगाउने छैन । राष्ट्रपति योलले आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारी आफू र पार्टीले लिएर अघि बढ्नेसमेत बताएका छन् ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल