Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय माथि

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान लगायतका मुलुकमा बढ्दो क्रममा देखिएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।
संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । यसैबीच अमेरिकाको अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट ९स्वास्थ्य सामग्री० को अभाव हुने त्यहाँको मेयरले चेतावनी दिएका छन् ।
तत्काल व्यवस्था हुन नसके अहिलेको सामग्री १० दिन भन्दा बढी नथेग्ने र अझ धेरै मानिसको मृत्यु हुन सक्ने मेयर बिल डी ब्लासिओले चेतावनी दिएका हुन् । ब्लासिओका अनुसार तत्कालै अत्यावश्यक सामग्रीको व्यवस्था गर्न जरुरी छ । भेन्टिलेटर पनि उपलब्ध नहुने अवस्था सृजना नहुने अवस्था आउन नदिन अहिलेबाटै तयारी गर्न आवश्यक छ ।
न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेमध्ये झण्डै आधा मानिसहरु त्यहीको भएको बताइएको छ ।


सम्बन्धित समाचार