Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाकै कारण अर्का स्वास्थ्यकर्मीले ज्यान गुमाए

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट अर्का एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कर्मचारी जयमोद ठाकुरले जानकारी दिनुभएको छ । साह सरकारी सेवामा जनस्वास्थ्य निरीक्षक हुनुहुन्थ्यो । ठाकुरका अनुसार महोत्तरी घर भएका ५८ वर्षका साह २० दिनअघिदेखि बिरामी हुनुन्थ्यो । रुघाखोकी लागेपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्काएका उहाँलाई फेरि स्वास्थ्य समस्या बढेको र सिकिस्त भएपछि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको ठाकुरले जानकारी दिनुभयो । तर शिक्षण अस्पतालमा आइसियु खाली नभएपछि अस्पतालले फिर्ता पठाएको र त्यसपछि बुढानिलकण्ठस्थित करुणा अस्पताल लगिएको थियो । काठमाडौं ल्याइएपछि पुन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार हुँदै गर्दा आज मृत्यु भएको ठाकुरले जानकारी दिनुभयो । नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो दोस्रो घटना हो । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ को निजी स्वास्थ्य संस्थामा कार्यरत ४० वर्षीय हेल्थ असिस्टेन्टको संक्रमणबाट मृत्यु भएको थियो ।