Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोभिड १९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र परेको छ । ७३ हजार ३९४ कोभिड १९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इथियोपियामा ७३ हजार ३३२ केस पुष्टि भएका छन्।
तीन दिन अगाडिसम्म ५१ औं स्थानमा रहेको नेपाल भेनेजुएला र इथियोपियालाई पछाडि पार्दै बढी प्रभावित देशहरुको सूचीको ४९ औं स्थानमा उक्लेको हो। कोभिड १९ को आउटब्रेक इपिसेन्टरको रुपमा लिइएको चीन प्रभावितहरुको सूचीमा ४२ औं स्थानमा छ। चीनमा ९० हजार ९२ जना कोभिड(१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो पाँच महिना यता चीनमा कोभिड १९ का नगन्य केसमात्र देखिएका छन्। यही नेपालमा भने यही पाँच महिनामा संक्रमितको संख्या हजारौंले बढेको छ। पछिल्लो २४ दिनमा मात्र नेपालमा कोभिड(१९ संक्रमणको ग्राफ १९ हजार २३५ ले माथि चढेको छ।
यो दुई सातामा नेपालमा प्रतिदिन औसतमा एक हजार ३७३।९२९ जना नयाँ संक्रमित पहिचान भइरहेका छन्। पछिल्लो २ साताको तथ्यांक हेर्दा नेपालमा कोभिड १९ को कुल आरटी पीसीआर परीक्षणको औसतले १३ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। पछिल्लो दुई सातामा नेपालमा एक लाख ४७ हजार ८०० नमुना परीक्षण गरिएकोमा १९ हजार २३५ जनामा संक्रमण पुष्टि भएको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल