Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको खोपमा पनि चुनावी राजनीति ?

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोरोना भाइरस विरुद्धको खोप मानवमा परीक्षण गरेको ढिलाइ चुनाव लक्षित भएको ट्रम्पको दाबी छ । एफडीए वा यसका अधिकारीले खोप र उपचारका लागि मानव परीक्षण प्रक्रियालाई धेरै जटिल बनाइरहेका छन्, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु ।
अमेरिकामा हाल विभिन्न कम्पनीहरूले विकास गरेका भाइरसविरुद्धका ३ वटा खोप तेस्रो चरणको परीक्षणको पर्खाइमा छन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ । विभिन्न सर्वेक्षणले ट्रम्पको पक्षमा जनमत कमजोर देखाइरहेका बेला उनी स्वयंमले एफडीएलाई समेत आफूलाई असफल पार्न लागि परेको आरोप लगाएका छन् । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै पछिल्ला दिनमा उनको चर्को आलोचना हुदै आएको छ ।