Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट अर्का सैनिकको ज्यान गयो, २१९७ सेनामा संक्रमण

काठमाडौं । कोरोना संक्रमणले सबै क्षेत्रलाई सताइरहेको छ । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनमा छारे रोगको लक्षण देखिए पश्चात असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो भने असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो । यस सँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ ।