Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले अमेरिकामा १ लाख ६१ हजार बढीको ज्यान लियो

एजेन्सी। कोरोना भाइरसको संक्रमण विश्वभरनै छ । त्यसमा पनि संयुक्त राज्य अमेरिका कोरोनाको सबैभन्दा ठूलो चपेटामा परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।

अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । यसको अर्थ अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ ।