Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले चुड्यो एक लाख मान्छेको ज्यान

एजेन्सी । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय सात पुगेको हो ।
भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या चार लाख ९९ हजार नाघिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् । त्यस्तै स्पेनमा ५५ हजार तथा जर्मनीमा ५३ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्केका छन् ।


सम्बन्धित समाचार