Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले लग्यो ७ लाख मानिसको ज्यान

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका सबै प्रयास असफल भइरहेको बेला विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । हालसम्म १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ । १ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा कूल संक्रमित ४९ लाख १८ हजार ६४ पुगेको छ । १ लाख ६० हजार २७२ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको छ । २२ लाख ७६ हजार ७१० जनाको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये १८ हजार ४०७ जनाको अवस्था गम्भीर छ । भारतमा एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ । संक्रमितमध्ये ८४९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ । १२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् । ५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।