Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले लिन्छ १५ सेकेण्डमा एक जनाको ज्यान

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेण्डमा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरूमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । विश्वभर बुधबार साँझसम्म १ करोड ८७ लाख ३५ हजार ७३४ जना संक्रमित भइसकेका छन् भने ७ लाख ५ हजार ६१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।